सुदूरपश्चिममा कोरोना सङ्क्रमित ३६ सय नजिक, आज ५९ जना थपिए 

Covid Update
Covid Update
July 04, 5:20

धनगढी, असार २० – सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ४९ र धनगढी प्रयोगशालामा १० गरी आज थप ५९ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीन÷तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। 
यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ। महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार पाँच सय ९४ पुगेको छ। सङ्क्रमित मध्ये ८ जनाको मृत्यु भइसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा