६ महिने कटाई सिलाई तालिम सम्पन्न

Silaikatai
Silaikatai
July 14, 5:18

धनगढी, असार ३०  – धनगढी उप–महानगरपालिकाको महिला तथा बालबालिका शाखाले अपाङ्गता भएका र विपन्न महिलाका लागि सञ्चालन गरेको ६ महिने कटाई सिलाई तालिम मङ्गलवार सम्पन्न भएको छ । अपाङ्गता भएका र विपन्न महिलाहरूको मागका आधारमा गत फागुन १ गते देखि धनगढीमा एडभान्स तहको कटाई सिलाई तालिम सञ्चालन गरेको उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताइन । तालिममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै उप–प्रमुख भट्टले यो तालिम अपाङ्गता भएका र विपन्नहरूको जीवनस्तर माथि उठाउनका लागि सञ्चालन गरिएको बताइन । 

‘तपाईँहरूले यो तालिमबाट धेरै कुरा सिक्नु भएको छ ।’ उप–प्रमुख भट्टले भनिन्, ‘सिकेको कुरालाई ब्यावहारमा उतार्नु होला । सिकाई निरन्तर भइरहने प्रक्रिया हो त्यसैले सिक्ने कुरा कहिल्यै पूर्ण हुँदैन ।’
तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा