बझाङका १२ स्थानीय तहको ४६ करोड बढी बेरुजु

महालेखा
महालेखा
July 19, 6:28

साउन४,२०७७

दोरेन्द्र खड्का  बझाङ 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औ वार्षिक प्रतिवेदनअनुसार बझाङका १२ स्थानीय तहको ४६ करोडभन्दा बढी बेरुजु देखिएको छ ।महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ४६ करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको हाे ।

आर्थिक वर्ष २०७५/७६ मा ११ करोड ६८ लाख ६१ हजार बेरुजु देखिएको बझाङका स्थानीय तहमा गत आर्थिक वर्षमा ४ गुणा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयलले सार्वजनिक गरेको ५७ औँ वार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तहध्ये सबैभन्दा बढी मष्टा गाउँपालिकामा र सबैभन्दा कम केदारस्युँ गाँउपलिकामा बेरुजु देखिएको छ ।

मष्टा गाँउपलिकामा ६९ करोड ५५ लाख ५२ हजार लेखा परीक्षण रकममध्ये १८ दशमलव ८० प्रतिशत अर्थात् १३ करोड ७ लाख ६३ हजार बेरुजु देखिएको छ ।त्यस्तै, सबैभन्दा बेरुजु देखिएको केदारस्युँ गाँउपालिकामा ९० करोड ५९ लाख २५ हजार रकमको लेखापरीक्षण भएकोमा ० दशमलव ९९ प्रतिशत अर्थात् ८९ लाख ७१ हजार बेरुजु देखिएको छ ।

बुंगल नगरपालिकामा १ अर्ब १४ करोड ४३ लाख ६२ हजार लेखापरीक्षण गरिएको रकममध्ये ४ करोड ७७ लाख ७३ हजार अर्थात् ४ दशमलव १७ प्रतिशत र जयपृथ्वी नगरपालिकामा १ अर्ब ३ करोड ३८ लाख ५९ हजार लेखापरीक्षण रकममध्ये २ करोड ७७ लाख ५३ हजार अर्थात् २ दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै, दुर्गाथली गाँउपालिकामा ६८ करोड १ लाख ६७ हजार लेखापरीक्षण गरिएकोमा ५ करोड २९ लाख ४५ हजार अर्थात् ७ दशमलव ७८ प्रतिशत बेरुजु देखिएको छ ।

बिथ्थडचिर गाँउपालिकामा ८४ करोड २५ लाख ४२ मध्ये ३ करोड ९ लाख ५८ हजार अर्थात् ३ दशमलव ६७ प्रतिशत, थलारा गाँउपालिकामा ७८ करोड ६२ लाख ३५ हजारमध्ये १ करोड ५२ लाख ५० हजार अर्थात् १ दशमलव ९४ प्रतिशत, छबिसपाथीभेरा गाँउपालिकामा ७१ करोड ४१ लाख २३ हजार लेखापरीक्षण रकममध्ये ३ करोड ८७ लाख ६ हजार अर्थात् ५ दशमलव ४२ प्रतिशत रकम बेरुजु देखिएको छ ।

खप्तडछान्ना गाँउपालिकामा २ करोड ७५ लाख ५ हजार बेरुजु रहेको छ । कुल लेखा परीक्षण गरिएको ६६ करोड २६ लाख ७२ हजारमा बेरुजु आएको रकम ४ दशमलव १५ प्रतिशत हो ।तलकाेट गाँउपालिकामा ४ करोड ३१ लाख ७४ हजार बेरुजु आएको छ । लेखा परीक्षण गरिएको ६३ करोड २ लाख ७ हजारको ६ दशमलव ८५ प्रतिशत हो ।

यस्तै, साइपाल गाउँपालिकामा २९ करोड ७५ लाख १९ हजारको लेखापरीक्षण गरिएकोमध्ये १४ दशमलव ४७ प्रतिशत अर्थात् ४ करोड ३० लाख ६५ हजार बेरुजु छ ।सुर्मा गाँउपालिकामा ४० करोड ९६ लाख ७३ हजारमध्ये ३ दशमलव ६० प्रतिशत अर्थात् १ करोड ४७ लाख ४८ हजार बेरुजु देखिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा