विद्यालय ब्यबस्थापन समितिलाइ विद्यालय पुनः संचालनको अधिकार

School
School
July 20, 3:24


साउन ५,२०७७ 
कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको बुझिएको छ।
कोबिड-१९को त्रासले सङ्घीय सरकारले गएको चैत ११ गते देखि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। ४ महिना भन्दा बढी समय विद्यालयहरु बन्द भैसक्दा पनि पुनः संचालन गर्ने बारे स्पष्ट नीति नाअएको हुदा विद्यालय व्यवस्थापन समितिलाई नै यसको अधिकार दिने तयारी गरिएको हो ।
शिक्षण संस्था पुनः सञ्चालन गर्ने बारे संघीय सरकारले कुनै ठोस निर्णय गर्न नसकिरहेको बेला स्थानीय तहको समन्वयमै विद्यालयलाई जिम्मेवारी दिनु उचित हुने सरोकारवालाहरुको भनाइ रहेको छ।
कर्णाली प्रदेशका प्रमुुख सचिव टेकनारायण पाण्डेले सरकारले कहिले विद्यालय खोल्छ भनेर निर्णय कुर्न निकै ढिला हुने भन्दै खुल्ने वातावरण भएका विद्यालयबाटै पठनपाठन प्रारम्भ गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार आयोजना गरेको कर्णाली प्रदेशको सिकाइ विषयक भर्चुअल संवादमा मुख्य सचिव पाण्डेले विद्यालय व्यवस्थापन समितिलाई यसको जिम्मेवारी दिने बताउनुुभयो । स्थानीय तहले उचित समन्वय र सहजीकरण गर्ने गरी विद्यालय सञ्चालनको तयारी गरिएको जानकारी उहाँले दिनुभयो । स्थानीय तहमै राज्यको उपस्थित छ भन्ने देखाउन अब विद्यालय सञ्चालनमा विलम्ब गर्न नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा महासङ्घका अध्यक्ष कृष्ण थापाले स्थानीय तह तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई जिम्मेवार बनाउन सकिए मात्रै विद्यालय सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा