नेपालमा आज १ सय जना कोरोना संक्रमीत थपिए
July 22, 4:44
साउन७, २०७७
आज देशभर कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टा भित्रमा सो संख्याका संक्रमित थपिएका हुन्।
बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। त्यस्तै २४ घण्टामा २ सय ७ जनाले कोरोनालाई जितेर घर फर्केका छन।
अब विभिन्न अस्पतालमा ५ हजार ३ सय ७० संक्रमित उपचाररत छन्।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ भने ४२जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा