तरुण दल अध्यक्ष बमद्वारा छोरोको जन्मदिनको अबसरमा दलित बस्तीको वालबिकास केन्द्रलाई एक लाख अर्थिक सहयोग

news
news
July 20, 12:17

धनगढी, ४ साउन/तरुण दल बडिकेदार गाउपालिका डोटीका अध्यक्ष केशब बहादुर बमले आफ्नो छोरा अविक बमको जन्मदिनको अबसरमा दलित बस्तीमा रहेको वालबिकास केन्द्रलाई एक लाख अर्थिक सहयोग गरेका छन् । उनले आफ्नो छोरो अविक बम ९ बर्ष पुगेको जन्मदिनको अबसरमा उक्त आर्थिक सहयोग गरेका हुन् ।

बडिकेदार २ पुड्केपानी डोटीको दलित बस्तीमा रहेका पुड्केपानी वालबिकासमा अध्यापन गराउने शिक्षकका लागि तलब अभाव देखेर अध्यक्ष वमले छोराको जन्मदिनको अबसरमा आर्थिक सहयोग गरेको बताए । एल.आर.आई. स्कुल कलंकी काठमाण्डौको कक्षा ४मा अध्यनरत रहेका अविक बमकै उमेरका वालबालिकाको आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै सामाजिक उत्तरदायी भावनाले उक्त वालविकासलाई अर्थिक सहयोग गरेको अविककी आमा पशुपती बमले बताईन् ।

जन्मदिनको अबसरमा धुमधामका साथ पार्टी गरी फजुल खर्च गर्नूभन्दा आफै जन्मेहुर्केको समुदायको जिवनस्तर उकास्न दलित समुदायका वालवालिकालाई सहयोग गरेको बमले बताए । बडिकेदार २ पुड्केपानी डोटीको दलित बस्तीमा रहेको पुड्केपानी वालबिकासका अध्यापन गराउने शिक्षक बिगत एक बर्षदेखी तलव नपाएर आर्थिक समस्या रहदै आएको छ ।

आर्थिक समस्या झेल्दै आईरहेको आफ्नो समुदायमा रहेको बालविकास केन्द्रलाई आर्थिक सहयोग गर्ने दाता आएमा केन्द्र राम्रै संग संचालन गर्न सकिने स्थानीय युवा भरत मिजारले बताए । उनले आर्थिक बिपन्न परिवारका वालवालिकाका अध्यन गर्ने बालविकास केन्द्रलाई आर्थिक सहयोग गरेकोमा तरुण दल अध्यक्ष बमलाई धन्यवाद समेत व्यक्त गरेका छन् । तरुण दल बडिकेदार गाउपालिका डोटीका अध्यक्ष केशब बहादुर बम भागरथी निर्माण सेवाका संचालक समेत हुन् । उनको पुर्खेउली घर बडिकेदार २ गर्भुजा डोटी हो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा