वडा कार्यालयमा तालाबन्दी

तालाबन्दी
तालाबन्दी
July 25, 10:21


साउन१०,२०७७
भुपीसिंह धामी
दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका स्थापनाकालदेखिको खर्च विवरण सार्वजनिक गर्नुपर्ने लगायतका विभिन्न दश बुँदे मागहरु राख्दै असन्तुष्ट बनेका स्थानीय नागरिकहरुले तालाबन्दी गरेका हुन।

स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्मको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरणको विवरण सार्वजनिक गर्नुपर्ने, सम्पूर्ण योजनाको पारदर्शीता हुनुपर्ने, चमेलिया लिप्टीङ खानेपानी आयोजनाको दुई वर्षसम्म समिति गठन हुन नसक्नुको कारण खुलाउनुपर्ने, चमेलियाको डिपिआर नगरेरै बजेट भुक्तानी हुनुको कारण स्पष्ट पार्नुपर्ने लगायत मागहरु राख्दै तालाबन्दी गरिएको हो।
यस्तै विपद व्यवस्थापनको लागि उद्धार सामाग्रीहरु बाटैबाटो गैरकानुनी ढंगले वितरण गरिएको, सेवाग्राहीले समयमै सेवा नपाएको, नियमसंगत कागजात उपलब्ध गराउन अटेर गरेको, उपभोक्ता समितिमा प्रत्यक्ष उपयोग गर्ने व्यक्तिहरु नपरेको विषयमा जवाफ माग गरिएको छ ।

आर्थिक वर्ष २०७३ देखि हालसम्मको सामाजिक सुरक्षा भत्ताको विवरण, कर्मचारी भर्ना प्रकृया तथा तलब भत्ताको स्रोत खुलाउनुपर्ने सहितका मागहरु राखिएको स्थानीय महेश बिष्टले जानकारी दिनुभयो ।

गत असार २१ गते विभिन्न मागहरु राखेर २४ गतेसम्म माग सम्बोधन गर्न विज्ञप्ती पत्र दिएपनि २४ गतेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै पहिलोपटक तालाबन्दी गरिएको बताइएको छ। आर्थिक वर्षको अन्त्यमा भएकोले योजना कार्यक्रमको कामकाज प्रभावित हुने र तथ्याङक सार्वजनिक गर्न केहि समय आवश्यक पर्ने भन्दै वडाले साउन ९ गतेसम्मको समय माग गरेपछि आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको थियो ।

साउन ९ गते शुक्रबारसम्म पनि वडा कार्यालयबाट चित्तबुझ्दो जवाफ नपाएको र केहि बुँदाहरुमा माग गरिएको तथ्याङ्क पुरा नखुलाएको भन्दै स्थानीयहरुले शुक्रबार राती साढे १० बजेपछि तालाबन्दी गरेको स्थानीय राजेश जोशीले बताउनुभयो ।

वडाअध्यक्ष भवानसिंह धामीले भने वडासंग सम्बन्धित सबै विषयमा जानकारी सार्वजनिक गरिसकेको भएपनि गाउँपालिका र अरु निकायसंग सरोकार भएका विषयहरुमा वडाले सबै कुरा जानकारी गराउन नसक्ने बताउनुभयो । वडाले गैरकानुनी ढंगले कुनैपनि काम नगरेको र कर्मचारीहरुलाई समेत आवश्यकताको आधारमा राखिएको स्पष्ट पारिएको छ । गैरकानुनी ढंगले कुनैपनि कर्मचारीलाई तलब भत्ता नदिइएको जनप्रतिनिधिहरुको भनाई छ ।

गाउँपालिकाबाट समेत डिपिआर तयार भइसकेको जानकारी आएकोले चमेलिया लिप्टीङ खानेपानी आयोजनाको भुक्तानी सिफारिस गरिएको वडा सदस्य पदमराज जोशीले बताउनुभयो । विगतदेखि जनताको आवश्यकताकै आधारमा योजना कार्यक्रमहरु सञ्चालन भइरेको उल्लेख गर्दै वडा सदस्य जोशीले चालु आर्थिक वर्षमा कृषि र स्वरोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा