धनगढीमा विद्यार्थीहरुद्वारा प्रदर्शन
२०७७ साउन १३
सरोकारवालाहरुबाट विद्यार्थीहरुको भबिष्यमाथी खेलवाड गरेकोले सो कार्य बन्द गरिनुपर्ने भन्दै मंगलबार धनगढीमा पीडित विद्यार्थी समुहले प्रदर्शन गरेका छन।
धनगढी स्थित विभिन्न क्याम्पसहरुमा अध्ययनरत बिद्यार्थीहरुको समुहले उक्त प्रदर्शन गरेका हुन।शिक्षित विद्यार्थीहरु माथी असक्षम नेतृत्वको लापरबाही कहिलेसम्म लगायतका नारा लगाउदै प्रदर्शन गरिएको हो।
राज्यको दायित्व भित्र रहेको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने ,विद्यार्थीहरुको जीवनमा खेलबाड बन्द गर्नुपर्ने लगायतका ब्यहोरा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले नारा लगाउदै धनगढी बजार परिक्रमा गरेका थिए।
अहिलेको अबस्थामा परीक्षा संचालन हुदा विद्यार्थीहरुलाइ असहजता हुने हुदा विद्यार्थीको समस्यालाई सम्बोधन हुने गरि परीक्षा मिति तोकिनुपर्ने र परीक्षाको बहानामा विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भन्दै प्रदर्शन गरिएको पिडित विद्यार्थी समुहका संयोजक योगेन्द्र चन्दले बताए।