विश्व फोटोग्राफी दिवस नेपाल फोटो पत्रकार महांसघ बझाङ शाखाले विभिन्न कार्यक्रम गरि मनायो

बझाङ
बझाङ
August 19, 6:14

२०७७ भाद्र ३ गते बुधबार
दोरेन्द्र खड्का,बझाङ
१ सय ८१ औ विश्व फोटोग्राफी दिवस नेपाल फोटो पत्रकार महांसघ बझाङ शाखाले विभिन्न कार्यक्रम गरि मनाएको छ । नेपाल फोटो पत्रकार महासंघ बझाङ शाखाले लकडाउनको अवधीभर आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु उपस्थीत अथितिहरु सामु प्रस्तुत गरेको थियो ।

साथै अथितिहरु सामु प्रस्तुत फोटोहरु स्थानियतहहरुमा रहेका धार्मिकस्थल ,पुरातात्त्विक,पर्यटकिय स्थल र संस्कृति झल्कने खालका रहेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य दिदै कान्तिपुर दैनिकका बझाङ संवाददाता बसन्तप्रताप सिंहले बझाङमा पनि पहिलो पटक फोटोग्राफी दिवस मनाउँदा खुसि लागेको बताए। उनले थपे``फोटो भनेको समाचारको सास हो, त्यसैले फोटोको महत्व बुझन सके शब्द भन्दा फोटोले बढी प्रस्ट पार्छ´´ स्वागत मन्तब्य दिदै सिंहले फोटोलाइ मुस्कानको संज्ञा पनि दिएका थिए।

यस्तै सो अवसरमा बोल्दै सुर्मा गाउँपालिकाका अध्यक्ष नर बहादुर बोहोराले समाचारमा अक्षरले लेखेको भन्दा फोटोले धेरै कुरा प्रस्ट्याउने बताए।" स्थानियतहहरुमा रहेका तथा बझाङ जिल्ला लाइ आर्थिक तथा सामाजिक रुपान्तर गर्ने खालका फोटाहरु खिच्न आफुहरु पनि सहकार्य तथा समन्वयमा कहिलै पछि हट्ने छैनौ"। उनले थपे

कार्यक्रमै बोल्दै प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंहले , समाचार भन्दा पनि फोटोले सबै कुरा बोल्ने भएको हुदाँ विशेष गरेर बझाङ जिल्लाका पनि ऐतिहासिक, पुरातातिक, कला र भेषभुषाका साथ साथै पर्यटकिय ठाउँहरुलाइ समेत फोटोले चिनाउन फोटो पत्रकार महासंघलाइ आग्रह गर्नु भयो । फोटोको माध्यमबाट बझाङ जिल्लालाइ चिनाउनु पर्ने , फोटोले सबै मान्छे बुझने भएकाले फोटोमा विशेष ध्यान दिन सबै पत्रकारहरुलाइ आग्रह समेत गर्नु गर्नुभएको थियो ।

नेपाल फोटो पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष सत्यराज सिंहले कार्यक्रम समापन गर्दै भने , "कोरोना माहामारीका कारण यो बर्ष धेरै कामहरु तथा धेरै ठाउँहरुका फोटोहरु खिच्न नपाइएको र केहि नजिक भएका ठाउँहरुको मात्र फोटोहरु भएकाले आगामी दिनमा बझाङ जिल्लालाइ पर्यटकिय स्थलका रुपमा धार्मीस्थलका रुपमा चिनाउनका लागी फोटो पत्रकार महासंघ सदैव लागी पर्ने छ।"

कार्यक्रममा प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंह , जिल्ला समन्वय समिति प्रमुख खडक बहादुर खड्का, नगरपालिकाका मेयर, उपमेयर र गाउँपालीकाका अध्यक्ष, उपाअध्यक्ष , उधोग बाणिज्य संघका अध्यक्ष , गैसस प्रमुख , नेपाल पत्रकार महासंघ बझाङ शाखा अध्यक्ष तथा जिल्लाका क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा