नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बलायरद्वारा प्रेस युनियनमा आबद्ध पत्रकारहरुको कोरोना बिमा

डोटी
डोटी
August 16, 9:48

२०७७ साल साउन ३२ गते आइतबार

डोटी– नेपाली काँग्रेस डोटीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री वीर बहादुर बलायरले प्रेस युनियन डोटीमा आबद्ध ९२ जनाको कोरोना बिमा गरेका छन् । उनले प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस युनियमा आबद्ध सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरेका हुन् ।

पत्रकारहरु महामारी तथा संकटको समयमा पनि जोखि मोलेर खटिने र उनको अर्थिक अवस्था पनि कमजोर हुने भएकाले युनियनमा आबद्ध ९२ जनाको एकमुष्ट बिमा गरेको बलायरले बताए । राज्यले संकटमा, महामारीमा खटिने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, बिमा, स्वास्थ्य उपचार तथा अन्य सेवासुबिधा दिनुपर्ने बलायरले बताए ।

केन्द्रिय सदस्य बलायरको आर्थिक सहयोगमा ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको प्रेस युनियन डोटीका सचिव पवन महराले बताए । बिमा गरिएका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खण्डमा बिमा कम्पनिले ५० हजार उपलब्ध गराउने गरी बिमा गरिएको महराले जानकारी दिए ।

महामारीको बेला खटिने पत्रकारलाई राज्यले बेवास्ता गरेको बताउँदै प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बिमाले गर्दा थोरै भएपनि राहत पुग्ने बताए । उनले बिमा शर्त बिमा गरिएको १५ दिन पछि लागु हुने गरी डोटी प्रेस युनियनमा आबद्ध सबैको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी दिपायल शाखामा बिमा गरिएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा