विद्यालय संचालन सम्बन्धि कार्यढाँचा जारी गरिने

jjjj
jjjj
July 30, 5:44


श्रावण १५, २०७७
 सरकारले लकडाउनले गर्दा बन्द रहेका देशभरका विद्यालय सञ्‍चालन सम्बन्धि कार्यढाँचा जारी गर्ने बताएको छ। आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सो कुरा बताएका हुन।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको उनले बताए। भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्नदिने निर्णय भने यसअघिको बैठकले गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने र त्यस्ता संरचना बनाइ प्रयोग हुन छाडेका विद्यालय, भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने निर्णय समेत गरेको छ ।

विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवगमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड १९ र रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारको निर्णय छ ।

प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्‍चलानार्थ शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा