डोटीमा कर्मचारी र प्रहरीमा कोरोना देखियो

Doti
Doti
August 20, 7:58

२०७७ भाद्र ४ गते बिहीवार
मोहन पनेरु
दिपायल स्थित राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत १ कर्मचारी र जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
बिहीबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा राष्ट्रिय बाणिज्य बैंक दिपायल शाखामा कार्यरत एक महिला तथा जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक महिला र २ पुरुष गरी ३ प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएकी राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत महिला कर्मचारी बिहीबार बिहानमात्रै धनगढी स्थित घरमा गएको स्रोतले जानकारी दिएको छ । भदौ ३ र ४ गते परिक्षण गरिएका नया“ एक सय ४७ नमुनाहरुमध्य १८ नमुनाको नतिजा सकरात्मक देखिएको हो । कर्मचारी र प्रहरीमा समेत संक्रमण देखिएपछि भने सदरमुकाम सिलगढी र ब्यापारिक केन्द्र दिपायलमा त्रास बढेको छ । यो संगै डोटीमा संक्रमीतको संख्या ८ सय १२ पुगेको छ ।
हरेक दिन संक्रमीतको संख्या बढ्दै गएपछि डोटीको शिखर नगरपालिकाले शुक्रबारबाट भदौ ११ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा