डोटीमा निषेधाज्ञा जारी गर्ने बिषयमा पत्रकारहरु संग छलफल

Doti
Doti
August 27, 7:04

२०७७ भदौ११गते बिहीबार
चक्र बलायर, डोटी
डोटीमा कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछी जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा जारी गर्ने बिषयमा छलफल थालेको छ ।
प्रदेशका कैलाली र कञ्चनपुर सहित केहि पहाडी जिल्लामा समेत कोरोनाको सम्भाबित जोखिममलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भैसकेको अबस्थामा डोटीमा पनी निषेधाज्ञा जारी गर्ने गरी छलफल सुरु गरेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेसका पहाडी जिल्ला मध्ये सबै भन्दा बढी कोरोना संक्रमित देखिएको डोटीमा सम्भाबित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल केन्द्रित भएको प्रमुख जिल्ला अधिकारी भिम भट्टराइले बताउनुभयोे । आज पत्रकारहरु संगको भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराइले निषेधाज्ञा गर्नेबारेमा आबस्यक छलफल जारी रहेको बताउनुभयो । पत्रकारहरुले पनि जिल्लामा समुदाय स्तरमै कोरोना फैलिसकेको अबस्थामा स्थिती भयाबह हुन सक्ने भन्दै निषेधाज्ञा जारी गर्न सुझाब दिएका थिए । प्रमुख जिल्ला अधिकारी भट्टराइले निषेधाज्ञा जारी गर्ने बिषयमा गृह मन्त्रालय संग समन्वय भैरहेको भन्दै स्थानिय तहका प्रतिनिधि र स्वास्थ्य क्षेत्रका बिज्ञहरु संग पनी यस बिषयमा थप छलफल गरीने बताउनुभयो ।

कोरोना कहरकै बिच सरुवा भएर डोटी आउनु भएका प्रमुख जिल्ला अधिकारी भट्टराइले
कोरोनाको जोखिम र अन्य समसामयिक बिषयमा पत्रकारहरु संग छलफल गर्नुभएको हो । छलफलका क्रममा पत्रकारहरुले कोरोना नियन्त्रण र न्युनिकरणका सवालमा जिल्ला प्रशासनको भुमिका सन्तोषजनक नरहेको बताएका थिए । संकटका बिच जिल्लामा कालोबजारी बढेको, मदिराले बिक्रीवितरण र सेवनले बिकराल रुप लिदै गइरहेको, सवारी धनीहरुले मनपरी भाडा असुल्दा पनि प्रशासन मौन जस्तै देखिएको बताएका थिए । उनिहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पलना गराउन प्रशासनले कडाइ गर्नु पर्ने पनि प्रमुख जिल्ला अधिकारीलाई सुझाब दिएका थिए । जवाफमा प्रमुख जिल्ला अधिकारी भट्टराइले थप योजनाका साथ अघि बढ्ने र त्यसकना लागि पत्रकार संगै जिल्लाबासिको साथ आबस्यक रहेको बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा