ज्योति गुमाए पछि शिक्षाको ज्योति छर्न थालेकी रुपा

fgf
fgf
March 15, 3:34

महेन्द्र बम, धनगढी, साउन २९ – करिब तीन दशक अघि सुदूर पूर्वबाट सुदूर पश्चिम आएकी रुपा त्यस पछि एक पटक पनि थातथलो फर्किनन् । नितान्त फरक भुगोल, त्यसैमा पनि आफ्नो समुदायका ब्यक्तिहरु पाउनै मुस्किल । नयाँ ठाउँ, नयाँ परिवेशको बिचमा पनि रुपलाई सुदूरको भूमिनै प्यारो लाग्यो ।

प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढी भित्रै रहेको पञ्चोदय माध्यमिक बिद्यालयमा उनले कक्षा तीन देखी पाँच सम्मका बालबालिकालाई पढाउछिन् । हामी बिद्यालय पुग्दा उनी बालबालिकासंग अंग्रेजिमा प्रश्न उत्तर गर्दै थिइन् । रुपा दृष्टि विहीन हुन् । सानै उमेरमा उनले दुबै आखाँका ज्योति गुमाइन् । आफुले आँखाको ज्योति गुमाए पनि अरुलाई यस्तो नहोस् भन्दै बालबालिकालाई बेलाबेलामा आफ्नो कथा सुनाइरहन्छिन् उनी ।

धामीले ज्योति लग्यो
२०२४ साल जेठ ५ गते मलेसियाको पेनाङ्गमा जन्मिएकी रुपालाई अभिभावकले ६ बर्षको उमेरमा भोजपुरको ठुलोदंगा १ च्याप्लेमा ल्याए । बुवा ब्रीटिस आर्मी थिए । घरमा कमै समय बिताउथे । आमा थिइन् घरमा ।
रुपा ६ बर्षको उमेर पुग्दा उनको दुबै आँखामा केही पसेको जस्तो भयो । घर वरपर अस्पताल थिएन्, भए पनि कमै जान्थे अस्पताल । गाँउमा नामी धामी थिए । सबै उनैलाई मान्थे, उनैकोमा जान्थे । रुपाकी आमाले पनि त्यहि धामीलाई देखाइन् । महिनाँै झारफुक भयो तर उनको आँखामा झन्–झन समस्या थपियो ।

त्यो पल सम्झदै रुपाले भनिन् ‘कहिले कुखुरा माग्यो, कहिले कालो बोका माग्यो, सबै पुगाइन् मेरी आमाले, तर पनि मेरो आखाँको ज्योति कहिल्यै आएन ।’ ७ बर्षको उमेर देखी उनको आँखामा समस्या देखियो । १० बर्षको उमेर पुग्दा उनी पूर्ण रुपमा देख्न नसक्ने भइन् ।
आफूले ज्योती गुमाए पछि अरुलाई शिक्षाको ज्योती छर्न थालिन्
दुबै आँखाको ज्योति गुमाएपछि रुपालाई संसार गुमाए जस्तो लाग्यो । उनले भावुक हुदै भन्छिन् ‘मलाई नर्स बन्न मन थियो, दुखी पीडितको सेवा गर्न मन थियो, आखाँ गुमाएँ तर सपना गुमाए जस्तो लाग्यो ।’
आँखाको ज्योती गुमाएपछि उनीमा नयाँ सोच पलायो । उनले भनिन् ‘मोड मोडमा जिन्दगीले आफै निर्णय गर्दाे रहेछ, मलाई बिस्तारै शिक्षण पेसा प्यारो लाग्न थाल्यो ।’ दार्जीलिङमा रहेको सवभेसन आर्मीबाट उनले माध्यमिक तहको अध्यन पुरा गरिन् । महेन्द्र बहुमुखी क्याम्पस धरानमा इन्टर पढिरहदा उनले पुर्वाञ्चल ज्ञानचक्छु बिद्यालयमा अध्यापन गर्न थालिन् । चक्छु भन्नाले आखाँ भन्ने बुझिन्छ । उनले त्यो बिद्यालयमा दृष्टिविहीन बालबालिकालाई पढाइन् । उनको मनमा भने दृष्टि विहीन बालबालिकालाई मात्रै बढाउने रहर थिएन ।
२०४० सालमा कैलालीको पञ्चोदय माध्यमिक बिद्यालयमा पनि दृष्टि विहीन बालबालिकालाई पढाइन्छ भन्ने सुनिन् । एक जना नजिकका ब्यक्तिको माध्यमबाट उनी कैलाली आइन् । २०४२ साल बैशाख १७ गते तीन महिनाका लागि काजमा आएकी रुपाले काज सकिए पछि बिद्यायलका तत्कालीन प्रधानाध्यापक शिवहरी उपध्याय समक्ष बिदा माग्न गइन् ।
शिवहरीले रवाना दिन आनाकानी गरे ।’ रुपाले हामीलाई सुनाउदै भनिन् ‘ मैले दोस्रो पटक फेरि रवाना मागे, सर बोल्नुभएन, केही बेरपछि सधैका लागि नियुक्ति दिन्छु बस्नुहुन्छ भन्नुभयो, मैले केही सोचिन, सोधिन, हुन्छ भने, मलाई पनि यो ठाँउ छोडेर जान मन थिएन ।’ त्यसपछि रुपाले कक्षा तीन देखी पाँच सम्मका आखाँ देख्ने बालबालिकालाई अंग्रेजी पढाउन थालिन् । आफूले ज्योति गुमाए पछि ज्योति भएकाहरुलाई शिक्षाको ज्योति छर्न थालिन् रुपाले ।

सम्बन्धित वर्गका समाचारहरू

म एक्लो बृहस्पति भएँ, बृहस्पति भगवानको अवतार हुन् :…
१२ कात्तिक, काठमाडौं । न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा… विस्तृतमा
कोभिड-१९ महामारी र नेपाल टेलिकम
लोकेन्द्र पनेरु नागरिकहरुलाई सेवा प्रवाहका लागि सरकारको लगानी, स्वामित्व र नियन्त्रण रहने गरि गठन… विस्तृतमा
राज्यबाटै असुरक्षित श्रमिकवर्ग
लोकेन्द्र पनेरू कोराना भाइरष कोभिड-१९का कारण बिश्वभरका आधा भन्दा बढी जनसंख्या लकडाउनमा रहिरहदा… विस्तृतमा
कोरोना जितेर फर्केका कञ्चनपुरका युवक भन्छन्ः  सेती अस्पतालमा १८…
शेरबहादुर सिंह, कञ्चनपुर, वैशाख ११ – गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित… विस्तृतमा