करिब ४ हजार वेरोजगारलाई रोजगारी दिदै शिक्षा मन्त्रालय

ffggf
ffggf
March 15, 4:46

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ४ हजार वेरोजगारलाई रोजगार दिन तयारी गरिरहेको छ । निःशुल्क तालीम सञ्चालन गरी तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०का सूचना अधिकारी नेत्रनारायण पौडेलले बताउनुभयो ।

इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण जस्ता तालिम दिएर युवाहरुलाई स्वरोजगार बनाउन लागिएको हो । छोटो अवधिका तीन महीने करिब ३९० घण्टाको तालीमपछि युवा आफैँ स्वरोजगार हुने उहाँको बताउनुभयो। रहेका छन्। तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको र तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइने सूचना अधिकारी पौडेलले बताउनुभयो । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ।

देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न संस्थाले तालीम दिनेछन् । तीन महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको
सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा