जिल्ला प्रशासन कार्यालय डोटीका सेवा पुनः सुरु

डोटी-जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः सुरु गरेको छ। प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः सुरु गरेको जनाएको छ।   कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पा
डोटी-जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः सुरु गरेको छ। प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः सुरु गरेको जनाएको छ। कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पा
June 26, 6:14

डोटी-जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः सुरु गरेको छ। प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः सुरु गरेको जनाएको छ। 

कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित बार तय गरी सेवा पुनः सञ्चालन गरिएको कार्यालयले जनाएको छ। 

नौ स्थानीय तह रहेको जिल्लामा नागरिकता, नाबालक परिचयपत्र तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई बार निश्चित गरिएको हो। त्यसअनुसार बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि आइतबार र सोमबार आउन भनिएको छ। 

त्यसैगरी शिखर नगरपालिका र केआइसिंह गाउँपालिका सेवाग्राहीले मङ्गलबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन्। सायल र आदर्शगाउँपालिकाका सेवाग्राहीलाई बुधबार र बिहीबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ। 

यसैगरी जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी तथा पूर्वीचाँकी गाउँपालिकाका सेवाग्राहीले शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। कोभिड–१९ को सङ्क्रमणबाट बच्न र कार्यालयमा भीडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रजिअ सुनिल खनालले बताए।  

सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबै सेवाग्राहीमा आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले कोरोना कहरका कारण बन्द गरिएका आफ्ना सेवा पुनः सञ्चालन गरेपछि यहाँका नागरिक निकै खुसी भएका छन्।रासस

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा