भाषा सम्बन्धि गोष्ठी सम्पन्न

news baitadi
news baitadi
June 26, 10:54

कैलाली,असार १२

भवेन्द्र सिंह धामी साहित्य सम्बाददाता 
गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा शनिबार भाषिक गोष्ठी सम्पन्न भएको छ।

सुदूरपश्चिमका मातृभाषाहरुको संरक्षण सम्बर्धन तथा बिकास गर्नका लागि गोष्ठीको आयोजना गरिएको हो ।

उपप्राध्यापक वीरबहादुर चन्दको अध्यक्षता सम्पन्न भएको गोष्ठीका प्रमुख अथिति सुदूपश्चिम विश्वविद्यालयका उपकुलपति डा अम्मराज जोशी रहेका थिए। भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी,  भाषाविद्  प्रा डा माधव प्रसाद पोखरेल, सुदूरपश्चिम विश्व विद्यालयका डिन डा मुकुन्द कलौनी, पुल्चोक क्याम्पसका उप प्रा भुवन बोहरा तथा मदन पुरस्कार बिजेता नर ब साउद लगायतका व्यक्तिहरुले भाषिक व्यबहार सुधारका साथै संरक्षणत्मक तथा मानकिकरण प्रयासका लागि शब्दकोष निर्माण, मातृभाषी शिक्षा एवम् अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा अम्मराज जोशीले विश्वविद्यालयले यस क्षेत्रको भाषा साहित्य संस्कृति संरक्षणमा भूमिका निर्वाह गर्ने बताए।

मानसखण्ड फाउण्डेशन, समकालीन साहित्य समाज तथा अन्निफककाको र गुगुल्डि साहित्यिक मासिक पत्रिका सह आयोजक रहेको कार्यक्रमलाई सुदूरपश्चिम विश्वविद्यालयको प्राविधिक सहयोग रहेको थियो। सुदूरपश्चिम सहित प्रदेश बाहिरका गरी ८० जना प्राध्यापक, साहित्यकारहरु उक्त कार्यक्रममा सहभागिता रहेको थियो। 
 

पर्यटकीय संभावना भएको ठाउँ– केआई सिंहको गाउँ

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा