मोटरसाईकलमा यात्रा गर्छन् ः अध्यक्ष शाही               

news baitadi
news baitadi
June 28, 1:49

 प्रकाश बम – असार १ ४ डोटी –               
 स्थानीय तहको निर्वाचन भएपछि केन्द्रको सिंहदरबारको अधिकार गाउँगाउँसम्म आयो । केन्द्रको जस्तै अधिकार दुरुपयोग गर्ने प्रचलन पनि सँगै भित्रियो । नभन्दै जनताको विकास निर्माणका लागि खर्च गर्न गाउँ पठाइएको बजेट स्थानीय जनप्रतिनिधिले सेवा सुविधामा खर्च गर्न प्रतिष्पर्धा गर्न थाले । फलस्वरूप महङ्गा विलासी गाडी किनेर सर्वत्र आलोचना पनि खेपे । परिवर्तित व्यवस्थामाथि नै प्रश्न उठ्न थाले ।

जिल्लामा नौवटा स्थानीय तहहरु छन् । दुईवटा  नगरपालिका र सातवटा गाउँ पालिका छन् ।  तर, यस्ता आलोचनाको बीचमा डोटीका एक जनप्रतिनिधिले भने  गाडी नचढ्ने घोषणा गरे । निर्वाचन अघि जनतामाझ जाँदा सेवा सुविधा आफूले लिने भन्दा जनताको काममा जवाफदेही हुने प्रतिबद्धता व्यक्त गरेका केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले निर्बाचित भएको चार बर्ष सम्म गाडी  किनेका छैनन् ।

उनी मोटरसाइकलमै गाउँ पालिकाको कार्यालयसम्म आउनेजाने गर्छन् । उनी विभिन्न सेमिनार , अनुगमन तथा कार्यक्रम हुँदा समकक्षीहरूको जस्तो महङ्गा र विलासी गाडीमा आउँदैनन् । कहिलेकाही ग्रामिण सडकको वाटो भएर कार्यक्रममा पुग्ने बेला ढुटोमाटि संघ पुग्दा धेरैले उनलाई अध्यक्ष भएर गाडी किन्न कति लोभ गरेको भनेर जिस्काएको तितो यथार्थ उनी सुनाउँछन् ।                          अनलाइन संग कुरा गर्दै अध्यक्ष शाहीलले भने, ‘जनताको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । स्थानीय तहको क्षमताअनुसार के मा खर्च गर्ने मैले निर्बाचित भए देखि त्यसैमा जोड दिएर अगाडि बढेको छु, मलाई जसरी जनताको औधी माया विश्वास छ। त्यो अहिलेसम्म डगमगाउन दिएको छैन ।’ म निर्बाचित भैसके पछि  पालिकामा एम.वि.विएस डाक्टर ल्याउने नेपालकै पहिलो गाउँ पालिका चिनाउनका साथै सेवा दिन सफल भए । गाउँ पालिकाका सबै वडामा बिजुली र सडक बिस्तार गरे । उनले थपे ,’ सधै दशैतिहारका बेला सुपथ मुल्यको पसल संचालनमा ल्याउने गरेका छौं। केआईसिंह संग्रहालय निर्माणकै चरणमा छौ, बर्षाै देखि खानेपानीको हाहाकार हुने वडा नं १ र ३ मा खानेपानी पु¥याउन सफल भयौं । सुदुर पश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो मगर होमष्टे गणेशकाँडामा बनाउन सफल भएका छौं ।’   सबैले सेवाको भावमा काम गरे गाउँ गाउँमासिंह दरबार आएको अनुभुती दिन सकिन्छ । सोही अनुसार गाउँपालिकामा निर्वाचित जनप्रनिधी लागी परेको अध्यक्ष शाहीको भनाइ छ।  सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सम्मान स्वरूप गाउँपालिकाले गुरु पुर्णिामाको दिन सम्मान स्वरुप गुरु दक्षिणा दिने कार्यक्रम ल्याएको बताए । सोही गाउँपालिका उपाध्यक्ष मिना बिष्ट पनि निर्वाचित भए देखि  जनताको सेवामा अहोरात्र खटिरहेको बताउछिन् ।  

कञ्चनपुरका सीडीओको फेसबुकबाट पैसा मागियो

  ’गाउँपालिकाको संक्षिप्त परिचय ’
के.आई . सिंह गाउँपालिका सुदूरपश्चिम प्रदेश पर्दछ।  गाउँपालिमा साविकको दुर्गामाण्डौ,रानागाउँ, तिखात्तर,भुमिराजमाण्डौ र बासुदेवी गाउँ विकास समिति मिलेर बनेको हो।  गाउँपालिमा कूल ७ वडा रहेका छन् । १२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको गाउँपालिकाको भु–आकृतिक स्वरुप खोलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ । पूर्वमा अछाम र बोगटान गाउँपालिका, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा.  र  दक्षिणमा बोगटान गाउँपालिका  रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थितिः  गाउँपालिका ०७३साल चैत्र १ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो । गाउँ पालिकाको कार्यालय साविकको दुर्गामाण्डौ गा.वि.स. हाल के.आई.सिंह गा.पा.–०४ वायलमा रहेको छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा रहेको छ।  दिपायलबाट करिब २१ कि.मि. दूरीमा गाउँपालिका रहेको छ । ०६८ सालको तथ्याङ्क अनुसार गाउँपालिकाको  जनसंख्या २० हजार ९ सय ३ जना रहेको थियो । भेलेज प्रोफाइलको आधारमा  २६ हजार ६ सय १३ जनसंङ्ख्या   रहेको छ भने  जनसंख्या वृद्धिदर ३.९% अनुमानित रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा