३ दिने अभिमुखिकरण कार्यक्रम संचालन 

news doti
news doti
July 01, 5:02

डोटी १७ असार
शिखर नगरपालिकाका अपाङ्ग भएका व्यक्ति र समन्वय समितिको नितिगत व्यवस्था सम्वन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । अभिमुखिकरणमा शिखर नगरपालिकाका स्तरिय अपाङ्ग संघ, नगर स्तरिय अपाङ्ग समन्वय समिति र अपाङ्ग भएका व्यक्तिहरुका लागि अभिमुखिकरण संचालन भएको शिखर नगरपालिका डोटीका कार्यकारी अधिकृत प्रमानन्द शर्माले वताए । अपाङ्गता भएका व्यक्ति र अपाङ्ग समन्वय समितिका लागि नितिगत व्यवस्था, अपाङ्गताको परिचय र अन्य अधिकारका वारेमा अभिमुखिरण गरिने प्रशिक्षक डन्डिराज ओझाले वताए । 
कार्यक्रममा शिखर नगरपालिका डोटीका प्रमुख सिताराम जोशीले अभिमुखिकरणले अपाङ्गता भएका व्यक्तिहरुको नितिगत व्यवस्था र अधिकारका वारेमा सचेतिकरण हुने विस्वास व्यक्त गर्दै उनले भने –  ’आत्मनिर्भर हुने किसमका सिपमुलक तालिम तथा कार्यक्रम नगरपालिकाले विगतका वर्षमा पनिगरिरहेको र अवका दिनमा पनि नगरपालिकावाट निरन्तरता दिइने छ ।’ 
कार्यक्रममा शिखर नगरपालिका डोटीका उप प्रमुख धौली देवी रावलले अपाङ्गता भएका व्यक्ति का लागि नगरपालिकाले सक्ने सहयोग गरिरहेको र यस पटक पनि विभिन्न कार्यक्रमका लागि सहयोग गर्ने वताए ।  कार्यक्रम शिखर नगरपालका अपाङ्ग संघ का काशिनाथ जोशीको अध्यक्षतामा भएको हो ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा