सिडिसी द्धारा खाद्यान्न वितरण

12121
12121
July 01, 6:59

डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले पुर्विचौकी गाउँपालिका–२ का ३५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिहिवार वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित नेपाल कभर परियोजना दोस्रो चरण अन्तर्गत कोभिड–१९ को महामारीबाट प्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

वडा भित्र रहेका विपन्न परिवार, एकल महिला, अपांग, जोखिममा परेका बालबालिका तथा महिला र स्थनपान गराउने महिलाहरुलाई खाद्यान्न वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन र ४ ओटा हात धुने साबुन गरि तीन हजार ७८ रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको हो ।

कोरोनाका कारण समस्या परेका व्यक्तिहरुलाई सहयोग गरेको प्रति संस्थालाई वडा सदस्य पदमा कोलिले धन्यवाद ज्ञापन गरेकी छिन् । कोरोनाका कारण समस्यामा परेको बेला संस्थाले गरेको सहयोगले ठूलो राहात भएको स्थानीय भगुदेवी ठकुल्लाले बताईन् । संस्थालाई धन्यवाद दिदैँ भक्कानिदै उनले भनिन् आगामी दिनमा पनि सहयोगको आशा छ ।

यसअघि सोमवार सायल गाउँपालिकाका एक सय जना र बुधबार पुर्वीचौकी गाउँपालिका १ र ३ वडाका ६५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको सिडिसीका अध्यक्ष जोशीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा