डोटीमा  समस्या पहिचान गर्न नसक्ने टोललाई स्थानिय सभाले छनोट गर्ने 

news doti
news doti
July 02, 9:37

सरिता कठायत 
डोटीको के आईसिंह गाउँपालिका वडा ५ रानागाउँमा  समस्याहरू पहिचान गर्न नसक्ने टोललाई स्थानीय सभाको समितिले छनोट गर्ने भएको छ । नागरिक समाज तथा जनप्रतिनिधिहरुकोे बैठकमा रानागाउँ स्थानिय सभामा समस्याहरू पहिचान गर्न  नसक्ने टोलहरू छनोट गर्ने भएका  हुन । 
समस्या आउँदा पनि आफ्ना समस्याहरूको पहिचान गर्न नसकेको भएर टोल छनोट कार्य गर्न लागेको वडा सदस्य सोपान सिं रावलले बताउनुभयो । उहाँले वडा कार्यालय बाट समस्या पहिचान गर्न नसकेको टोलहरूलाई गर्नुपर्ने सहयोगको लागि वडा र आफू तयार रहेको बताए । रानागाउँ स्थित वडा कार्यालय, सरोकारवाला सबैले यो बिषयमा जिम्मेवारी पूर्वक टोल छनोट कार्यमा लाग्ने जानकारी गराएका हुन  । 
एफएमडिसि द्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत के,आई,सिहं गाउँपालिका वडा नम्बर ५ रानागाँउमा स्थानीय सभा गठन गरेको थियो । यो भन्दा अगाडि वडा स्तरमा रहेका विभिन्न समस्या तथा सवालहरू माथि छलफल गर्दै आएको र धेरै समस्याहरू समाधान भएको हुनाले अब टोलमा रहेका समस्याहरू समाधान गर्नको लागि टोल छनोट कार्य अगाडि बढाएको  स्थानीय सभाका संयोजक दुर्गा सिं रावलले बताउनुभयो । 
आगामी दिनमा संस्थाले यसरी नै साथ दियो भने प्रत्येक टोल टोलमा रहेका समस्या हरू पहिचान गरेर समस्या  समाधान गर्न कार्यसमिति पुर्ण रूपमा तयार रहेको जानकारी गराउनु भयो । बैंठकमा उपस्थित रहेका सरोकारवालाहरूको  छलफलले समस्याहरूलाई बाहिर  ल्याउन नसकिरहेका सम्पूर्ण टोलबस्तीलाई पनि पहिचान गरेर उहाँहरूका जुनसुकै समस्यालाई प्राथमिकतामा राख्न उचित भएको हुनाले यो कार्यमा  तिव्ररूपमा लाग्नुपर्ने निर्णय भएको छ ।


 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा