डोटीमा वालविकास सहजकर्ताहरुको एक दिने तालिम 

news
news
July 04, 11:34

डोटी २० असार
शिखर नगरपालिका अन्तर्गत कार्यरत वालविकास सहजकर्ताहरुको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा नगरपालिकाका वलाविकासको सर्वपक्षीय अवस्था, वालविकासका  प्रशासनिक कार्य, सहजकर्ताको कार्यजिम्मेवारी, नगरवाट भएका अनुगमनवाट पाइएको अवस्था लगायतका वारेमा अभिमुखिकरण गरिएको शिखर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत शेर वहादुर कार्कीले वताए । 
कार्यक्रममा शिखर नगरपालिका डोटीका प्रमुख सिताराम जोशीले स्कुलको सवै भन्दा पहिलो आधार वालविकासका सहजकर्ताले शिक्षण क्रियाकलापमा विशेष ध्यान दिनु पर्ने वताए । वालविकास सहजकर्ताको सेवा सुविधाका लागि नगरपालिका चिन्तित रहेको वताए ।
कार्यक्रममा शिखर नगरपालिका डोटीका उप प्रमुख धौली देवी रावलले वालविकास र स्कुलका कर्मचारी न्युनतम सेवासुविधामा काम गरिरहेको वताउदै उप प्रमुख रावले भने – ’ नगरपालिका सधैव नगरपालिकाको शिक्षाको क्षेत्रमा चिन्तित भएर लागि परेको वताइन ।’
कार्यक्रममा वालविकास सहजकर्ता शारदा भण्डारीले वालविकास सहजकर्ताको सेवा सुविधाका वारेमा नगरपालिकाले विशेष ख्याल गर्नु पर्ने वताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा