डोटीको बुडरमा कार र मोटरसाइकल ठोक्किंदा दुइ जना घाइते

news
news
July 10, 8:27

असार २६, डोटी ,डोटीको बुडरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किंदा दुइ जना घाइते भएका छन् ।
कञ्चनपुरको भाँसीदेखि डडेल्धुरातर्फ जाँदै गरेको बा १४ च ७०६३ नम्बरको कार र जोरायल गाउँपालिका वडा नं. २ मा रहेको छहरा झरना अवलोकन गरी धनगढीतर्फ फर्किरहेको बा ७५ प ७१० नम्बरको मोटर साइकल बुडरको टाएक आपसमा ठोक्किएको घटनास्थलबाट पत्रकार शिव बहादुर ओलीले जानकारी दिए ।
दिउँसो करिब ४ बजेको समयमा भएको घटनामा परी मोटरसाइकल चालक धनगढी उप-महानगरपालिका-१३, राजपुर, कैलाली बस्ने वर्ष १८ का निरज पुजारा र मोटरसाइकलमै सवार धनगढी उप-महानगरपालिका-३, विशालनगर, कैलाली बस्ने वर्ष १६ कि दिक्षा भट्टराई घाइते भएको पत्रकार ओलीले जानकारी दिए ।
मोटरसाइकल चालक पुजाराको खुट्टामा चोट लागेको छ भने अर्का घाइते दिक्षाको घाँटी, हात र खुट्टामा चोट लागेको जनाईएको छ ।
घाइते दुवै जनाको घटनास्थल नजिकै रहेको हेल्थ डेस्कमा प्राथमिक उपचार गरिएको बुडर हेल्थ डेस्क इञ्चार्ज दिनेश रोकायाले नजर अनलाईनलाई जानकारी दिए । उनिहरु दुवैलाई बाह्य चोट लागेको भए पनि भित्री चोट नभएको जनाईएको छ ।
कार चालक भीमदत्त नगरपालिका ३ भाँसी कञ्चनपुरका वर्ष ४० का राजेन्द्र थापा र कारमा सवार अन्य ४ जना यात्रु भने सकुशल रहेको बताईएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा