डोटीमा जारी निषेधाज्ञा श्रावण १५ गते सम्म थप

sasas
sasas
July 13, 7:14

डोटी जिल्लामा जारी निषेधाज्ञा श्रावण १५ गते सम्मका लागि थप गरिएको छ ।मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डोटीको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निशेधाज्ञा श्रावण १५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । आदेशको उलंघन गर्ने, औषधि, औषधीजन्य सामग्री, अत्याआवश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य बृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो ।

डोटी जिल्लामा निषेधाज्ञाको समय थप गरिएको यो अाठाै पटक हो । हाल जिल्ला भित्र सबै सार्वजनिक सवारी साधन सञ्चालन भईरहेका छन् । स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरि सबै प्रकारका पसलहरु बिहान ६ बजे ८ बजेसम्म खोल्न दिईएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा