चिठ्ठा पर्‍यो भन्दै बैंकको खाता नम्वर, पासवर्ड माग्नेसँग सजग रहनू: बैंकर्स संघ

news
news
July 31, 10:30

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएनले पछिल्ला दिनमा चिठ्ठा पर्यो भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ठग्ने कार्य बढेको भन्दै सजग रहन सबैलाई आग्रह गरेको छ। बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै कसैले चिठ्ठा परेको प्रलोभन देखाई रकम पठाउनका लागि आग्रह गरेमा त्यस्तो कार्य नगर्न सबै खाताधनीहरुलाई सुझाव दिएको हो। 

बैंकका ग्राहकले अन्जानमा आफ्नो खाता नम्वर, कार्डको पासवर्डजस्ता गोप्य विवरण अनाधिकृत रुपमा प्रवाह गर्न सक्ने भएकाले सजग हुन आग्रह गरिएको छ। 

संघले भनेको छ ‘अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनाधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाता नम्वर, मोबाइल नम्वर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएकोले यस विषयमा सजग रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गर्दछौं।’

साथै, विभिन्न प्रलोभन देखाएर फोन कल गर्ने, म्यासेज पठाउनेहरुसँग सजग रहन र कारोबारप्रति शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न संघले आग्रह गरेको छ। सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न बैंकर्स संघले आग्रह गरेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा