कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने, हल्लाको पछी नलाग्न आग्रह

news
news
August 02, 5:19

भक्तपुर: कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए ।

‘साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’ एडुखबरसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै पौडेलले भने ‘परीक्षाका लागि आवश्यक तयारी जारी छ ।’

कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ ।

गत वर्ष कोभिडका कारण ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिईएको थियो तर यस पटक सय पूर्णाङ्कमा नै परीक्षा सञ्चालन हुनेछ । कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै निर्धारित केन्द्रमा परीक्षा सञ्चालन गर्ने साविकको शैली परिवर्तन गरी होम सेण्टरमा परीक्षा गर्ने निर्णय भएको बोर्डले जनाएको छ । गत जेठ २६ गते तय भएको यस बर्षको परीक्षा कोभिडको दोस्रो लहरको संक्रमणका कारण स्थगित गरिएको थियो ।

परीक्षा सञ्चालन गर्दा हरेक विद्यालयले महामारी विरुद्ध सरकारले जारी गरेको स्वास्थ्य माण्दण्ड पालना गर्नु पर्ने छ । परीक्षामा सहभागि हुन तीन लाख ८६ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

eduखबर बाट

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा