दुर्गेश थापाले अब कुनै पनि ठाउँमा गीत गाउन नपाउने

sasas
sasas
August 02, 7:01

१८ साउन, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक तथा मोडल दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेको छ । आईतबार बसेको प्रतिष्ठानको केन्द्रीय कमिटी बैठकले थापालाई संस्थागत रुपमा बहिस्कार गर्ने निर्णय गरेको हो ।

थापाले पछिल्लो समय सार्वजनिक गरेको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीतमा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै प्रतिष्ठानले उनीमाथि कारवाही गरेको हो । गीत सार्वजनिक हुनु अगाडी नै प्रतिष्ठानले शब्दमा आपत्ति जनाएको थियो ।

थापाले आफ्नै शब्द, संगीत र स्वरमा उक्त गीत बजारमा लिएका हुन । सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि नकारात्मक प्रभाव पारेको प्रतिष्ठानको निष्कर्ष रहेको छ । दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरुले समेत आपत्ति जनाएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा