विद्यार्थीलाई सपना देख्ने र देखेको सपना पूरा गर्ने बनाउछौँ : हिमालयन ह्वाईटहाउस

news
news
August 08, 8:53

काठमाडौँमा उच्च शिक्षाका लागि क्याम्पसहरू बग्रेल्ति छन् । यसले उच्च शिक्षा लिन देशैभरिबाट आउने विद्यार्थीका लागि छनोटको विकल्प उपलब्ध भएको छ । यी क्याम्पसहरूको शैक्षिक वातावरण, शुल्कलगायतका आधारमा विद्यार्थीले आफूलाई पायक पर्ने क्याम्पस छनोट गर्ने गरेका छन् ।

यस्तैमध्येको एक क्याम्पस हो- हिमालयन ह्वाईटहाउस इन्टरनेशनल कलेज  । काठमाडौंको सुविधानगर तीनकुनेमा रहेको यो कलेजले २१ वर्षदेखि शैक्षिक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइरहेको छ । ह्वाईटहाउस कलेज नेपालको शिक्षा क्षेत्रमा नयाँ सोच, शैली, प्रविधि र विचार लिएर प्रवेश गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्ले बताउँछन् । यहि सोचका कारण शुरुदेखि नै त्यसबेलाको उच्च माध्यमिक तह र अहिलेको ११–१२ कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको काफ्लेको दाबी छ ।

‘हाम्रो कलेजबाट उत्पादित जनशक्ति विभिन्न प्रतिष्ठित संस्था र संगठनमा आबद्ध भएको कुराले हामीलाई एकातिर गौरव लाग्छ भने अर्कातिर बदलिँदो समयमा आफूलाई दक्ष प्रमाणित गर्न सक्ने जनशक्ति उत्पादन गर्ने प्रेरणा पनि मिल्छ‚’ कार्यकारी निर्देशक काफ्ले भन्छन् । दक्ष जनशक्ति उत्पादन गर्नकै लागि सबै प्रकारका शैक्षिक कार्यक्रमहरू कलेजमा उपलब्ध भएको काफ्लेले बताए ।

कलेजका शैक्षिक कार्यक्रमहरू
हिमालयन ह्वाईटहाउस इन्टरनेशनल कलेजमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको अध्यापन भइरहेको छ । विज्ञान संकायमा बर्सेनि ५ सय विद्यार्थी ह्वाईटहाउस कलेजमा आउने क्याम्पस प्रशासनले जनाएको छ । यस्तै व्यवस्थापन संकायमा ३ सय र मानविकीमा एक सय जना गरी ९ सयको हाराहारीमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू ह्वाईटहाउस कलेजमा आवद्ध हुने गरेका छन् ।

यसरी उच्च शिक्षा हासिल गर्ने र विद्यालय तहका गरी जम्मा १२ सय विद्यार्थी अहिले ह्वाईटहाउस कलेजमा अध्ययन गरिरहेका छन् । महामारीको समयमा पनि कलेजले सम्पूर्ण शैक्षिक गतिविधिहरू निरन्तर सञ्चालन गरिरहेको छ । अनलाइन परीक्षा, नतिजा प्रकाशन, विद्यार्थी भर्नालगायतका सम्पूर्ण शैक्षिक क्रियाकलापहरू भर्चुअल माध्यमबाट सञ्चालन गरिरहेको कलेजका निर्देशक नारायण काफ्लेले जानकारी दिए ।

‘हामी यो कोरोना महामारी आउनुभन्दा पहिलेदेखि नै अनलाइन माध्यम प्रयोग गरेर विद्यार्थीलाई विभिन्न कक्षा दिइरहेका हुन्थ्यौँ । प्रविधिलाई पहिलेदेखि नै आत्मसात् गरेर अघि बढेको भएर होला‚ अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न धेरै समस्या भएन । अनि विद्यार्थीको पनि उत्साहजनक सहभागिता रह्यो‚’ उनले थपे‚ ‘अभिभावकसँग गर्ने सञ्चारदेखि अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता एकदम राम्रो । यो महामारीको असर हामीले हाम्रो शैक्षिक गतिविधि र हाम्रो नियमित हुने गरेको शैक्षिक कार्यक्रममा पर्न दिएका छैनौँ । अब भोलिका दिनमा यो महामारी रहँदा पनि कसरी शैक्षिक कार्यक्रमलाई अघि बढाउने भन्ने योजना पनि कलेजले बनाइसकेको छ ।’

किन हिमालयन ह्वाईटहाउस इन्टरनेशनल कलेज नै पढ्ने ?
हिमालयन ह्वाईटहाउस इन्टरनेशनल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्नुको कारण यहाँको राम्रो व्यवस्थापकीय समूह भएको बताउँछन् काफ्ले । उनी भन्छन्, ‘कुनै पनि विद्यालय तथा क्याम्पस राम्रोसँग चलाउनका लागि त्यहाँको व्यवस्थापकीय पक्षको सबैभन्दा ठूलो भूमिका हुन्छ ।

त्यसो भएमा मात्र कलेजको गुणस्तरीय शिक्षा र अनुशासनजस्ता पाटोहरू सबल रहन्छ । हाम्रोमा देशदेखि विदेशसम्मको एकेडेमिक अनुभव भएका सदस्यहरू व्यवस्थापकीय समूहमा हुनुहुन्छ ।’

भोलिको माग हुने क्षेत्र र विद्यार्थीको भविष्यको बारेमा केन्द्रित रहेर मार्गदर्शन गर्ने गरेको कार्यकारी निर्देशक काफ्लेको दाबी छ । ‘हामी आफैँ पनि संसारकै उत्कृष्ट विश्वविद्यालय गएका छौँ । त्यहाँको शैक्षिक पद्धति र चालचलन बुझेका छौँ । त्यहाँ उत्पादित जनशक्ति कसरी राम्रा भए भनेर खोज गरेका छौँ ।’

अबको २० वर्षपछि विज्ञान र प्रविधिले समाज तथा शिक्षा क्षेत्रलाई कता लैजान्छ भन्ने कुरालाई नियाल्दै कलेजले शैक्षिक गतिविधि सञ्चालन गरिरहेको उनले बताए । शिक्षा भनेको नेपालको सन्दर्भमा मात्र नभई विश्वव्यापी रुपमा मेल खाने किसिमको हुनुपर्ने भन्दै उनले यहि दृष्टिकोण बोकेर आफूहरू हिँडेको बताए ।

भौतिक र प्राविधिक रुपमा सुविधासम्पन्न संरचनाहरू रहेको ह्वाईटहाउस कलेजमा मेहेनती, उत्प्रेरक र विद्यार्थीसँग भावनात्मक रुपमा जोडिने क्षमताका शिक्षकहरू भएको काफ्लेको दाबी छ ।

काफ्ले भन्छन्, ‘ठूलो भवन हुँदैमा, ठूला खेल्ने मैदान हुँदैमा, स्विमिङ पुल हुँदैमा मात्र पनि त्यहाँ गुणस्तरीय शिक्षा पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । त्यहाँका स्रोत साधन विद्यार्थीको हितका लागि कति प्रयोग भएका छन् भन्ने कुरा महत्वपूर्ण हो ।’ आफूहरूले यही कुरालाई ध्यानमा राखेर अघि बढेको उनको भनाइ छ । कलेजले विद्यार्थीलाई आवश्यक पर्ने स्रोत साधन बढीभन्दा बढी जुटाउने र उनीहरूकै हितमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

No description available.

‘हामीले १५ वटा क्लबहरूमा विद्यार्थीलाई सहभागी गराएर उनीहरूको क्षमता विकास गराउने, खेलकुदमा सक्रिय राख्ने, सांस्कृतिक कार्यक्रम गराउने गरेका छौँ । ‘यसले विद्यार्थीको सिर्जनशीलता, समालोचनात्मक भावना, नेतृत्व, सञ्चार र अभिव्यक्त गर्ने क्षमता वृद्धिजस्ता लाभहरू उनीहरुलाई प्राप्त भएको पाइएको छ‚’ काफ्लेले भने ।

कलेजले विद्यार्थीलाई २ वर्षमात्र ह्वाईटहाउस कलेज पढे पनि उनीहरूको भरोसा वृद्धि गराउने र आफू के बन्न चाहन्छु र केमा खुसी हुन्छु भन्ने पत्ता लगाउन मद्दत गर्ने काम गरेको काफ्लेको दाबी छ । उनी भन्छन्‚ ‘हामी विद्यार्थी केन्द्रित कलेज हौँ । हामीले सिङ्गो विद्यालयलाई एक परिवार मानेर विद्यार्थी, शिक्षक, कर्मचारी अभिभावक सबैले विद्यार्थीलाई कसरी बढीभन्दा बढी दक्ष, योग्य र क्षमतावान बनाउन सहकार्य गर्न सकिन्छ भन्नेबारे पनि काम गरिरहेका छौँ ।’

आत्मानुशासनमा जोड दिँदै कलेजमा अनावश्यक नियमले कसैलाई पनि नबाँधेको कलेजको दाबी छ । ‘हामीले विद्यार्थीलाई एनईबीको परीक्षा दिने बेलासम्म डिजिटल मार्केटिङ गर्न सक्ने, एनिमेसन गर्न सक्ने, ग्राफिक्स डिजाइन गर्न सक्ने र एउटा टिममा बसेर काम गर्न सक्ने, सञ्चार गर्न सक्षम र नेतृत्व विकास गर्न सक्ने बनाउछौँ ।’

आफूहरूले कसैको सपनालाई अनावश्यक तरिकाले श्रेणी दिएर मुल्याङ्कन नगर्ने‚ बरु सबैको सपनाको सम्मान गर्ने उनले बताए । ‘उनीहरूको सपना पूरा गर्नका लागि ह्वाईटहाउस कलेज सधैँ एउटा बलियो टेको बनेर उभिएको छ र उभिनेछ‚’ काफ्ले भन्छन् ।

उनी थप्छन्‚ ‘अहिले विद्यार्थी र अभिभावकलाई आफ्नै घरमा आफ्नै ग्याजेटबाट संसारभरिका क्याम्पस विश्वविद्यालयबारे बुझ्ने, उनीहरूले प्रयोग गरेका स्रोतहरू प्रयोग गर्ने अवसर रहेको यथार्थलाई बुझेर ती सबैमा प्रतिस्पर्धी, विश्वासिलो र गर्व गर्न लायक संस्थाका रुपमा हिमालयन ह्वाईट हाउस कलेज रहेकाले सपना देख्ने विद्यार्थीलाई त्यो सपना पूरा गराउन र अलमलमा रहेका विद्यार्थीलाई उनीहरुको गन्तव्य देखाइदिन कलेज सदैव तत्पर र आतुर छ ।’ मकालु खबर 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा