दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थपियो
August 10, 5:15
काठमाडौँ, २६ साउन । सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
सुरुमा पाँच दिनको समय तोकिएको थियो । तर घटनाको यथार्थ पत्ता लगाउन अझै केही समय लाग्ने भएकाले थप सात दिन समय थल्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । यो घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले मंगलबार सरकारलाई रुलिङ पनि गरेको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 16, 10:33
December 16, 6:04
December 19, 12:32
December 20, 3:52
December 22, 12:02
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा