गोदावरी पत्रकार मञ्चद्धारा अत्तरियामा रहेका मिडियाका संचालक र पत्रकारहरुसंग छलफल

news
news
August 15, 8:13

अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको स्थानिय पत्रकारहरुको छाता संस्था गोदावरी पत्रकार मञ्चले मिडियाका संचालक र पत्रकारहरुसंग छलफल गरेको छ ।

गोदावरी नगरपालिका क्षेत्र भित्र रहेको बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुको पेशागत हकहितका लागि स्थापना भएको गोदावरी पत्रकार मञ्च आधिकारी रुपमा दर्ता भैसकेपछि शनिवार अत्तरिया क्षेत्रमा रहेको सबै मिडियाका संचालक र त्यहाँ कार्यरत पत्रकारहरुसंग छलफल गरेको हो ।

पत्रकार मञ्च गठन भैसकेपछि के कसरी अगाडी बढ्न सकिन्छ , कुन कुन बिषय बस्तुहरुमा पत्रकार मञ्चले आफ्नो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने उध्ेश्यका साथ अत्तरिया क्षेत्रमा लामो समयदेखी पत्रकारितामा गर्दै आएका अग्रज पत्रकारहरुको सुझाव , सल्लाह सहित छलफल गरिएको गोदावरी पत्रकार मञ्चका प्रबक्ता प्रेम सिं बिष्टले बताए ।

उनले मञ्चको टिम प्रत्येक संचारगृहमा पुगेर त्यहाँका पत्रकारहरुको बर्तमान अबस्थाका बारेमा समेत बुझेको बताए ।

छलफल सहित सुझाव संकलनका क्रममा मिडियाका संचालकहरुले जुन उध्ेश्यका साथ मञ्चको स्थापना गरिएको त्यसमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

उनले आफ्नो पेशागत हकहित र क्षमता अभिबृद्धीका लागि स्थापना गरिएको मञ्च जन्माउदै गर्दा धेरै दुख कष्ट भएपनि पछि यसले स्थानिय स्तरमा कार्यरत पत्रकारहरुका लागि निकै महत्वपूर्ण हुने बताएका छन् ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा बिभिन्न किसिमका विकृति बिसंगतिहरु पनि भित्रिदै गएकाले पत्रकारले स्वाच्छ रुपमा आफ्नो धर्म निभाउनुपर्ने अधिकांश संचालनकहरुको भनाई रहेको थियो ।

 

गत बैशाखमा गठन भएको गोदावरी पत्रकार मञ्च साउन ११ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा