डोटीमा मावि कक्षा सञ्चालन गर्न आर्थिक सहयोग

news
news
August 24, 8:50

सरीता कठायत,डोटी
धनगढी निवासी  गौरी प्रसाद नाथले दिपायल सिलगढी नगरपालिका वडा नं २ मा रहेको देवी माध्यमिक बिधालय हाल सम्म कक्षा १० सम्म मात्रै पढाइ भैरहेको थियोे । कक्षा ११ र १२ संञ्चालन गर्नका लागी  १ लाख ५१ हजार १ सय ११ रूपैयाँ  आर्थिक सहयोग गरेका छन् । 
उक्त स्कुलको स्थापनम २०१७ सालमा भएको हो ।  नयाँ वर्ष २०७८ सालदेखि कक्षा ११ ÷१२ सञ्चालन गर्ने निर्णय भएको थियो ।  निर्णय गरेपछि स्थानीयहरूबाट  आर्थिक संकलन भैरहेको छ । यसै क्रममा साबिकको खातिवडा वडा नं ५ पुनेपाटा र अहिलेको दिपाल सिलगढी नगरपालिका वडा नं २ घर भै हाल धनगढी उपमहानगरपालिका  वडा नं ५ हसनपुर अवस्थित गौरी प्रसाद नाथले आफ्नो आमाको स्मृतिमा सो रकम हस्तान्तरण गरेको हुन । 
उहाँले ३१÷ ३२ बर्ष अगाडि त्यहीँ बिधालमा पहिलो पाठशालाको रूपमा अध्यन गरेका हुन । आफूले शिक्षा हासिल गरेको बिधालय स्थापना भएको लामो समय पछि कक्षा ११÷१२ सम्म पढाइ हुने कुरा सुनेपछि खुसि हुदै आर्थिक सहयोग गरेको नाथले बताउनुभयो । आजसम्म सोही बिद्यालयको उन्नति प्रगति धेरै अगाडि बढ्नुपर्ने हो तर अहिलेसम्म पनि आफूले पढेको बिद्यालय अगाडि बढेको नदेख्दा मनमा खिन्नता छाउँछ । सामाजिक संजाल बाट माध्यमिक तहसम्म पढाइ हुने कुरा थाहा पाएकाले आमाको नाम बाट अक्षय कोष बनाउनुपर्छ भनेर मनसाय गरेको हो  । २०७२ साल भदौ महिनाको १० गतेका दिन  उहाँको आमाको  निधन भएको थियो । आमाको पुण्य तिथिको अवसर पारेर आर्थिक सहयोग गरेको उहाँको बताए । गाउँ नजिकै यसरी क्याम्पस पढाइ भएपछि आर्थिक अभावले बिच्चैमा पढाइ छोडिएकाहरूलाई  थोरै राहत हुने छ । माबि संचालनका लागि बिधालयले अनुमति पाई सकेको  विधालय  व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बोगटीले बताउनुभयो । उहाँको भनाइ अनुसार  श्रावण १ गते राखिएको अभिभावक सँग अन्तरक्रिया  कार्यक्रमको दिनमा  ९७ हजार ४ सय ४५ रूपैयाँ आर्थिक सहयोग भएको थियो । आजका मिति सम्म जम्मा रकम २ लाख २५ हजार ५६ रूपैयाँ जम्मा भैसकेको  बोगटीले जानकारी गराउनुभयो  । बिधालयमा केही दिनमै बैठक राखेर चाडै भर्ना सञ्चालन गर्ने  बिधालयका प्रधानाध्यापक केशवराज खनालले बताए । उहाँले सहगगर्ने  सहयोगी दाता हरूलाई बिशेष धन्यवाद समेत खनालले दिनुभयो ।

sasa


 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा