चहलपहल बढ्दै धनगढीको बेलादेवीपुर धाममा

news
news
September 02, 2:09

सरस्वती साफरी
धनगढी, १७ भाद्र/ धनगढी उपमहानगरपालिका ११ बेलामा रहेको बेलादेवीपुर धाम पर्यटकीय आकर्षक गन्तव्य वन्न थलेको छ । वन क्षेत्रमा रहेको बेलादेवीपुर धाम शान्त, छेउमै ताल र हरियाली रमणीय बाताबरण भएकोले बेलादेवीपुर धाम प्रर्यटकीय स्थल बन्दै गएको छ ।

लगभग डेढ बिगाहा क्षेत्रमा रहेको बेलादेवीपुर धाममा फुटट्रयाक, पिङ, चिपलेटी, आश्रमस्थल, बेन्च र फुलबारी लगाएतका संरचना निर्माण गरी आर्कषक बनाईएको छ । तालको वरपर वन क्षेत्र हराभरा र ठुलो मन्दिर बेला तालले गर्दा निकै आकर्षण भएकोले रमाईलो गर्न आउने गरेको धनगढी ८ धनगढी गाँउका दिपक भट्टले बताए ।

‘पहिला बेलादेवीपुर धाम क्षेत्र जिर्ण अबस्थामा थियो, अहिले आउदै निकै सुन्दर भएको छ’ आन्तरिक पर्यटक धनगढी ८ धनगढी गाँउका भट्टले–‘अहिले निकै आर्कषक भएको छ ।’ पिकनिक स्पट र खानेपानीको पनि व्यवस्थाका साथै शान्त ठाउ घुम्न आउने आन्तरिक पर्यटकलाई तन्न सक्छ भट्टले भने । पहिले बेलादेवीपुरधाम पुग्न बाटो समेत कच्ची थियो अहिले सडक पिच हुदा यहा आउन सहज भएको घुम्न आउन पर्यटक खुशी व्यक्त गर्दछन् ।

sasa

बेलादेवीपुरधाम धार्मिक रुपले पनि चिनिन थालेको छ । धाममा शिब र दुर्गाको मन्दीर भएकोले पनि धार्मीक तिथीमा भक्तजनको घुईचो लाग्ने गरेको बेलादेबीपुरधाम व्यबस्थापन समितिका अध्यक्ष कविराज जोशीले जानकारी दिए । विभिन्न चार्डपर्वका बेला भक्तजनहरुको ठुलो सख्यामा भिड हुने गर्दछ । ‘बेलादेवीपुर धामलाई व्यवस्थित गरी पार्कका रुपमा समेत अगाडी बढाएको छ’ अध्यक्ष जोशीले भने–‘विवाह बर्ताबन्ध जस्ता कार्यक्रम गर्नको लागि उचित व्यबस्थापन गरिदैछ ।’

बेलादेवीपुर धाममा ५५ लाख धनगढी उपमाहनगरपालिका र अन्य बिभिन्न सरकारी निकायबाट गरी एक करोडका सो क्षेत्रमा संरचना निर्माण भएका छन् । ‘प्रदेशको नक्सा र नेपालको नक्साका आकार देखिने तालको बनावट बनाईने लक्ष्य छ’ अध्यक्ष जोशीले भने–‘मन्दिर, ताल सबै क्षेत्रलाई पर्यटकिय दृष्टीकोणबाट सुन्दर बनाउन ६ करोडको डिपिआर तयारी भएको छ ।

sasa

बेलादेवीपुर धामले सो क्षेत्रलाई मात्रै नभएर धनगढीकै नमुन पर्यटकिय क्षेत्रका रुपले बिकास हुदा गाँउठाउको समेत सम्भावना बढेको धनगढी ११ बेलाका स्थानीय रुप कुँवले खुशी व्यक्त गरे । धाम संगै स्थानीय क्षेत्रलाई पनि बिकासका ढोका खुलेका छन् स्थानीय कुँवरको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा