शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण
September 19, 12:23
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान ९वाच टावर० निर्माण गरिएका छन् । नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो ।
चोरी शिकारी नियन्त्रण गर्नका लागि मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । ‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन मचान निर्माण गरेका छौं,’ उनले भने, ‘झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारमाथि निगरानी राख्न गाह्रो हुने गरेको थियो ।’
मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उनको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गतवर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । रासस
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
June 24, 4:26
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा