फुटबल र क्रिकेट कप्तानलाई पनि प्रबल जनसेवाश्री

news doti
news doti
September 19, 3:28

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।संविधान दिवसका अवसरमा सरकारले विभिन्न विभूषण र पदकको पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनि समावेश छन् ।दुई चर्चित खेलका कप्तान अहिले भने विदेशमा छन् ।

किरणको कप्तानीमा साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टिम अहिले कतारमा बन्द प्रशिक्षणमा छ भने ज्ञानेन्द्रको कप्तानीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू को सिरिज खेल्न ओमानमा छ । यस्तै सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तित्वलाई पनि विभूषित गर्ने भएको छ ।सरकारले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाल, अपाङ्ग खेलाडीद्धय हिमाल अर्याल र केशव थापालाई जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।

यसैगरी सुकीर्ति पदकबाट कराँतेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सम्मानित गर्ने भएको छ । केही खेलाडी भने विभागको तर्फबाट सुकीर्ति पदकबाट सम्मानित हुँदैछ । जसमा उसु खेलाडी जुनि राई, तेक्वान्दो खेलाडी संगीता बस्याल र लक्ष्मण तामाङ, ट्रायथलनकी सोनी गुरुङ छन् । जुनि प्रहरी सहायक निरीक्षक हुन भने संगीता, लक्ष्मण र सोनी सशस्त्र प्रहरी जवान हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा