भारतीय तस्कर नेपाली भूमिमा तीन सशस्त्र प्रहरीलाई कुटेर फरार

APF
APF
September 21, 9:10

धनगढी – कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधारा चाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । 

तस्करको कुटाइबाट घाइते प्रहरी जवानहरूको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रसिंह ऐरले तस्करी नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको बताए। 

नेपाली भूमिमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करले चिनीलगायतका सामाग्री ओसारपसार गरिरहेको समयमा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर समूहमा आएका तस्करले सशस्त्र प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेर गएको गरेको स्थानीयले बताएका छन् । 

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासि उनीहरूले ढुङ्गा मुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए ।

तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०÷४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरू भाग्न सफल भएको एसपी ऐर बताउँछन् । ‘हामीले नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरू भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौँ,’ ऐरले भने, ‘तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । उहाँहरूले हामी उक्त समूहको पहिचान गरेर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

उनका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मङ्गलवार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा