बैतडीमा ४ बर्षमा १७ सय किलोमिटर सडक खनियो

news
news
September 23, 3:12

सीपी लोहिया/बैतडी–गत ४ बर्षको अवधीमा बैतडी जिल्लामा १७ सय बढी किलोमिटर सडक खनिएको छ । जिल्लाका १० ओटै स्थानियतहमा गरी १हजार ७सय २९किलोमिटर सडक खनेको पाइएको छ ।

जिल्लामा सबैभन्दा बढी सडक पञ्चेश्वर गाउँपालिकाले खनेको छ । पञ्चेश्वरमा ४ बर्षको अवधीमा २ सय ९० किलोमिटर सडकको ट्रयाक खोलिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए । जसमा २ सय ५० किलोमिटर गाउँपालिका र ४० किलोमिटर संघीय सरकारको बजेटमा सडक निर्माण भएको उनले बताए । गाउँपालिकाले सडकमा प्रतिबर्ष कम्तीमा ३करोड देखी बढिमा ५करोड रकम खर्च गरेको छ ।

यसैगरि बढी सडक निर्माण गर्नेमा शिवनाथ गाउँपालिका रहेको छ । ४ बर्षको अवधीमा शिवनाथमा २ सय ३६ किलोमिटर सडक निर्माण भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । शिवनाथ गाउँपालिकाको बार्षिक करिव ३ करोड रकम सडकमा खर्च हुने गरेको छ । शिवनाथमा २ ओटा सडक केन्द्र र २ वटा प्रदेश सरकारले निर्माण गरेको छ भने, गाउँपालिकाले ३ ओटा सडकको स्तरोन्नती गरिरहेको अध्यक्ष साउदले बताए ।

यसैगरि दशरथचन्द नगरपालिकाले ४ बर्षमा २ सय किलोमिटर सडक निर्माण गरेको छ । करिव ४०ओटा सडक निर्माण गरेको नगरपालिकाले बार्षिक ३ करोड देखी ७ करोड रकम सम्म सडकमा खर्च गरेको इन्जीनियर जयसिंह बोहराले बताए । पाटन नगरपालिकाले १८० किलोमिटर सडक निर्माण गरेको पाइएको छ भने, मेलौली नगरपालिकाले पनि १८० किलोमिटर सडक निर्माण गरेको छ ।

हरेक वडामा कम्तीमा १५ किलोमिटर सडक खनेको पाटनले ५० बढी सडक निर्माण गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । मेलौली नगरपालिकाले सबै वडाहरुमा गरि हालसम्म ३२ सडक निर्माण गरेको नगर प्रवक्ता सुरत नेगीले बताए । मेलौलीले बार्षिक ३ करोड रकमको हाराहारीमा सडकमा खर्च गर्ने गरेको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकाले हालसम्म १ सय ६१ किलोमिटर सडक निर्माण गरेको छ । ५ ओटा चक्रपथ समेत निर्माण गरेकोमा हालसम्म २० ओटा सडक खनेको गाउँपालिका अध्यक्ष चक्र कार्किले बताए । दोगडाकेदार स्थीत प्रदेश सरकार मातहत रहेको एउटा सडक स्तरोन्नतीको काम भैहरेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिकाले १सय ५० किलोमिटर सडक निर्माण गरेको छ । सबै वडालाई कच्ची सडकले छोएको पुर्चौडीमा हालसम्म १८ ओटा सडक खनिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर नेपालीले बताए । पुर्चौडीका १० वडा मध्ये ८ वडा कार्यालय सम्म कच्ची सडक पुगेको छ भने, २ वडा कार्यालयमा सडक पुग्न बाकीँ छ ।

जिल्लाको सुर्नया गाउँपालिकाले हालसम्म १ सय ९ किलोमिटर सडक निर्माण गरेको छ । ४बर्षमा २० ओटा सडक खनेको सुर्नयामा बार्षिक २करोड देखी ४करोड सम्म सडकमा खर्च भएको पाइएको छ । गाउँपालिका स्थीत प्रदेश गौरवको आयोजनाका रुपमा रहेको सतवाँज श्रीभावर सडक भने प्रदेश सरकारले कालोपत्रे गरिरहेको छ । 

जिल्लाको सबैभन्दा दुर्गममा रहेको सिगास गाउँपालिकाले ४ बर्षमा १सय ३किलोमिटर सडक खनेको छ । जम्मा १०ओटा सडक खनेको सिगासमा बार्षिक ५करोड रकम सडकमा खर्च हुने गरेको छ । सिगासमा एउटा प्रदेश र एउटा केन्द्र सरकारको बजेटबाट समेत सडक निर्माण भएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

यस्तै डिलाशैनी गाउँपालिकाले हालसम्म १सय १९ किलोमिटर सडक निर्माण गरेको छ । साना ठुला गरेर १०ओटा सडक खनेको गाउँपालिकाले बार्षीक २ देखी ३ करोड रकम सडकमा खर्च गर्ने गरेको इन्जीनियर सुदिप बोहराले बताए ।

बैतडीका सबै स्थानियतहमा खनिएका सडकहरु कालोपत्रे गर्न बाकीँ रहेकाछन् । केहि स्थानिय तहले स्तरोन्नतीको रुपमा मुख्य सडकहरुलाई ग्राबेल गर्न थालेकाछन् भने, अन्य सडकहरु कच्ची भएकाले बाह्रैमास गाडी चल्ने खालका भने छैनन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा