गौरीगंगामा कांग्रेसको भेटघाट तथा शुभकामना कार्यक्रम हुने 

news
news
October 03, 3:32

धनगढी– कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले  दशै तथा दीपावलीको अवसर पारेर कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
    असोज २० गतेका दिन गौरीगंगा नगरपालिकाको बढैपुर मेला लाग्ने स्थानमा भव्य कार्यक्रमको आयोजना गरी कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिने कांग्रेसका जिल्ला सल्लाहकार फणिराज सापकोटाले बताए । उनले भने,‘हामीले हरेक वर्ष दशै तिहारको अवसरमा कार्यकर्तासँग भेटेर चियापान गर्दै सुख दुःख साट्ने गथ्र्यौ, त्यही कार्यक्रम यस वर्ष पनि दोहो¥याएका छौं ।’ 
असोज २० गते बिहान ११ बजेदेखि हुने कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीलाई प्रमुख बक्ताका रुपमा निम्त्याइएको गौरीगंगा नगर कार्य समितिका सभापति काँशीराम शर्माले बताए । उनले भने,‘कार्यक्रममा नगरपालिका भित्रका मात्रै नभई जिल्लाभरीका नेता तथा कार्यकर्तालाई पनि निम्त्याएका छौँ ।’ 
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा