किन ६ घण्टा बन्द भयो फेसबुक ?

news
news
October 05, 1:57

सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए । फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताएको छ ।

यसअघि फेसबुकको सेवा अवरोध हुँदा मानिसहरुले ह्याक भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गले भने फेसबुक ह्याक नभएको र आन्तरिक समस्याको कारण सेवामा अवरोध देखिएको बतएका थिए । फेसबुकमा सेवा अवरोध हुने समस्या कमै मात्र आउँछ ।

यसअघि सन् २०१९ मा २४ घण्टाभन्दा लामो समय फेसबुकको सेवा बन्द भएको थियो । त्यतिबेला पनि फेसबुकले यो समस्या कन्फिगुरेसन परिवर्तनको कारण नै भएको बताएको थियो । यद्यपि यसपटक भने कम्तीमा केही समस्या डोमेन नेम सिस्टम डीएनएसमा पनि रहेको पाइएको थियो ।फेसबुकको सेवा पुनः सुरु भएसँगै सीईओ जुकरवर्गले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको सेवा बन्द भएकोमा क्षमायाचना गरेका छन् । उनले यी सामाजिक सञ्जालमा धेरै मानिसहरु जोडिएकाले यो सेवा कति महत्वपूर्ण रहेको छ भन्ने आफूले बुझेको बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा