नेकपा एमाले केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एसमा प्रवेश

news
news
October 07, 12:52

धनगढी, २१ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आज बिहान काठमाण्डौमा बसेको समाजवादी पार्टीको सातौ बैठकमा अध्यक्ष माधव नेपालले जोशीलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

बझाङ जिल्ला क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्र बाट संविधान सभा सदस्यमा निर्वाचित पूर्ब बन मन्त्री जोशी एमालेमा भूमिका बिहीन बनाईएपछि नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका हुन् ।

उनी निकट बझाङका एमाले कार्यकर्ताहरु यसअघि नै समाजवादीमा प्रवेश गरिसकेका थिए । जोशी नेकपा एमाले बझाङका प्रभावशाली थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा