प्रधानमन्त्री नेतृत्वको टोलीद्वारा कञ्चनपुरका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण

news
news
October 21, 7:57

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ कार्तिक । बेमौसमी वर्षाले पु¥याएको क्षतिको अवस्था बुझ्न पश्चिम नेपालको निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले कञ्चनपुरका बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रहरूको समेत स्थलगत निरीक्षण गरेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित स्थानहरूको स्थलगत निरीक्षण गर्ने सिलसिलामा कञ्चनपुर पुगेको टोलीले कञ्चनपुरका ब्रह्मदेव, दोधाराचाँदनी लगायतका स्थानहरूको निरीक्षण गरेको छ ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी तथा डुबानले पु¥याएको क्षति, उद्धार तथा राहत कार्य, पीडित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिनु भएको छ । प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षण पछि काठमाडौँ फर्किएर यथाशीघ्र राहत तथा क्षतिपूर्तिको कार्य गरिने बताउनु भयो । प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, पूर्वमन्त्रीत्रय एनपी साउँद, रमेश लेखक र वीर बहादुर बलायर सहित उच्च स्तरीय सरकारी अधिकारीहरू र सुरक्षाकर्मीहरू उक्त टोलीमा रहनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली दिनभर स्थलगत निरीक्षणमा व्यस्त रह्यो । यही असोज ३१ गते साँझदेखि कार्तिक ३ गते बिहानसम्म परेको अविरल वर्षाका कारण अकल्पनीय क्षति व्यहोर्नु परेको सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि उक्त टोली बिहीबार बिहान सुदूरपश्चिम प्रदेश पुगेको हो ।  

काठमाडौँबाट सुर्खेत हुँदै सुदूरपश्चिम प्रदेश पुगेको निरीक्षण टोलीले डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुरका विभिन्न क्षेत्रको स्थलगत तथा हवाई निरीक्षण गरी बिहीबार साँझ नै कैलालीको धनगढी पुगेको बताइएको छ । टोलीले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा डुबानले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा