परिचय पत्र नभएका व्यक्तिलाई घर–कोठा भाडामा नदिन सरकारको आग्रह

news
news
October 26, 9:52

काठमाण्डौ – सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ। विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ। 

यस्तै पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन पनि मन्त्रालयले आग्रह गरेको छ। ११ जना अफगान नागरिक भारतको बाटो हुँदै काठमाण्डौमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो।

सोमवार बिहान ११ जना अफगान नागरिक सिनामङ्गलबाट पक्राउ परेका थिए। प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ। कात्तिक ४ र असोज तेस्रो हप्ता उनीहरू बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ।   

news

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा