बेलौरीमा क्रिकेट प्रतियोगिता सुरु

news
news
October 27, 11:15

स्थानीय खबर सहयात्री, बेलौरी- कञ्चनपुर, १० कार्तिक । कञ्चनपुरको बेलौरीमा क्रिकेट प्रतियोगिता सुरु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट खुल्ला पुरुष २०-२० क्रिकेट प्रतियोगिता २०७८ सुरु भएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् खेलाडीहरू उत्पादनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । खेलकुद क्षेत्र र खेलाडीहरूलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रत्येक वर्ष खेलकुद गतिविधि गर्दै आइरहेको समेत उल्लेख गर्नुभयो ।

आज भएको उद्घाटन खेलमा त्रिपुरा युवा क्लब पचुइ ए बेलौरी ८ र बेलडाँडी युवा क्लब बेलडाँडी ५ बिच प्रतिस्पर्धा भएको थियो भने उक्त खेलमा त्रिपुरा युवा क्लब ए विजयी भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५० हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र र द्वितीय पुरस्कार रु. २५ हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र रहेको छ । प्रतियोगिता यही कार्तिक २४ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष शिशिर चापागाईँले बताउनु भएको छ । बेलौरीको खुला मञ्चमा सुरु भएको क्रिकेट प्रतियोगितामा सहभागिताका लागि कञ्चनपुर र कैलालीका जम्मा २८ वटा टिम दर्ता गरिएको आयोजकले जनाएको छ ।

खुल्ला पुरुष २०-२० क्रिकेट प्रतियोगिता २०७८ उद्घाटन कार्यक्रमको सभापतिमा बेलौरी वडा नम्बर ४ खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँ, प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चौधरी , विशिष्ट अतिथिमा नगर उपप्रमुख चित्र कुमारी चौधरी, बेलौरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकाल, अतिथिहरूमा नेकपा माओवादी केन्द्र बेलौरीका अध्यक्ष हर्क भुल, नेपाली काँग्रेस बेलौरीका सभापति पेपुराम चौधरी, नेकपा एमालेका बेलौरी अध्यक्ष बाबुराम न्यौपाने लगायत रहनु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा