निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आले

news
news
October 29, 10:14

कञ्चनपुर, १२ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को  महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा मन्त्री मगरले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनः स्थापना गरिनुपर्ने बताए।

उनले मुआब्जा दिनका लागि विगतमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः स्थापना गर्न सुझाव दिएको बताए। समितिको प्रतिवेदनअनुसार विस्थापित एक हजार ४८० परिवारलाई १० कठ्ठा जग्गा र रु ६० लाख दरले मुआब्जा दिनुपर्ने उनले बताए। वन मन्त्री हुँदा मैले १५ दिनभित्रै निकुञ्ज विस्थापित परिवारको समस्या समाधानका लागि समिति गठन गर्ने बचन दिएको उनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा