एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै

news
news
October 29, 10:28

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ । आजको बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने ज्ञवालीले बताउनुभयो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा