Aagan-cakes-web-banner-2

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

news
October 31, 12:12

काठमाडौँ,१४ कात्तिक । आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको…
काठमाडौं ३० पुस / नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का शुक्रबारबाट चलनचल्तीमा ल्याएको छ ।… विस्तृतमा
धनगढीमा सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि हुने
धनगढी,१९ पुस / कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । … विस्तृतमा
प्राइम र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही
काठमाडौँ — नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना… विस्तृतमा
शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय…
धनगढी,२३ मंसिर  /  शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि। धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता… विस्तृतमा