सरकारलाई रावलको प्रश्न, 'क्रिश्चियन विश्वविद्यालयलाई प्राथमिकता किन ?'

Bhim Rawol
Bhim Rawol
June 03, 7:13

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिस्चियनमोह प्रति सत्तारुढ दलकै नेताले प्रश्न उठाएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले संसदको बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ओलीको विद्यावारिधीमाथि पनि प्रश्न उठाए।

उनले बजेटमा एउटा कुरा उल्लेख भए पनि व्यवहारमा भने सरकारले अर्कै गर्दै आएको भन्दै आलोचना गरे। 'बजेटमा हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमिकता स्वाधिनता र राष्ट्रिय सुरक्षामा जोड दिँने कुरा उल्लेख गरिएको छ। यो एक दम राम्रो कुरा हो,' उनले अगाडि प्रश्न गरे, 'तर यहाँ बजेट प्रस्तुत भइरहँदा पोखरामा किन अन्तर्राष्ट्रिय संयुक्त सैन्य अभ्यास हुन्छ? एउटा कुनै देशको राजदूतले भियना अभिसन्धीको विरुद्धमा खुलेआम किन त्यो काम गर्छ? किन नियन्त्रण हुँदैन।'

हालै मात्र अमेरिकी राजदूत र्‍याण्डी बेरीले 'राजदूतसँग गफगाफ' भन्दै सामाजिक सञ्जालमा सिरिज चलाएका छन्। यसको आलोचना भइरहेको छ।

शिक्षाको सन्दर्भमा बजेटमा राम्रो कुरा लेखे पनि व्यवहारमा नदिएको उनले संकेत गरे।

'शिक्षाको कुरामा बजेटमा एकदमै राम्रो कुराको चर्चा गरेँ स्वदेश प्रेम समाजप्रतिको दायित्व सभ्य समाज निर्माणको पाठ्यक्रम राख्ने कुरा आएको छ। यो एकदमै स्वागतयोग्य कुरा छ,' उनले अगाडि प्रश्न गरे, 'तर बजेटमा यो आइरहँदा खेरि एउटा कुनै धर्म प्रचारक विश्वविद्यालयले प्राथमिकता किन पाउँछ? त्यसले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेर जसले नेपाली संस्कृतिमा प्रहार गरेको आरोपमा सम्झौता रद्द भएको थियो; सदनमा यस्तो कुरा प्रस्तुत भइरहँदा बाहिर किन त्यस्तो सम्झौता भइरहन्छ?'

उनले नीति र काममा भएका अन्तरविरोधका कुरा हुन नहुने उनले बताए। बजेटमा उल्लेख भएका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे। सरकारका तर्फबाट संसदमा बजेट प्रस्तुत गरेकै दिन प्रधानमन्त्री ओलीलाई दक्षिण कोरियाको क्रिश्चियन धर्म प्रचारक निजी विश्वविद्यालय काङनाम विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको थियो। सन् १९४६ मा स्थापना भएको यो विश्वविश्विद्यालय 'ग्यङ्छन्एइन' मूल भावबाट प्रेरित छ। जसको अर्थ स्वर्ग र मानवताको पूजा गर्नु हो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा