आज पनि सर्वोच्चमा ९ बन्दी प्रत्येक्षी करण सम्बन्धी मुद्दामा पेसी तोकियो

news
news
November 03, 1:03

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारका लागि ९ वटा बन्दी प्रत्येक्षीकरणसम्बन्धी मुद्दाको पेसी तोकेका छन् ।

आजका लागि प्रधानन्यायाधीश राणाले १५ जना न्यायाधीशहरुका लागि इजलास तोकेका छन् । जसमध्ये ९ वटा बन्दी प्रत्येक्षीकरणसम्बन्धी मुद्दा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

न्यायालय विवादका कारण अन्य मुद्दाको सुनुवाइमा निरन्तर अवरोध भइरहेका बेला गत आइतबारबाट बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ सुरु गरिएको थियो ।

प्रधानन्यायाधीश राणासँग असन्तुष्ट रहेका न्यायाधीशहरुले आफ्नो इजलास नतोक्न प्रधानन्यायाधीशलाइ आग्रह गरेका थिए । भने तोकिएका इजलासमा समेत अनुपस्थित रहेका थिए । सेवाग्राहीले लामो समयदेखि विचाराधीनको रुपमा रहेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाई छिटो टुङ्ग्याउन आग्रह गरेका कारण सोमबारदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ तोकिएको छ । यसअघि मंगलबार बन्दी प्रत्यक्षीकरणसहित बैकिङ कसुर मुद्दाको पेसी तोकिएको थियो । यद्यपी बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाइ हुन सकेको थिएन ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा