पेट्रोलको मुल्य एक रुपैयाँले घट्यो

petrol_pump
petrol_pump
June 06, 7:15

धनगढी, २३ जेठ – आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य घटेपछि निगमले गतराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको हो । डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले यथावत् राखेको छ । भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाईएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

पेट्रोलको मूल्य अवदेखि प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ । आयल निगम नोक्सानमा गएपछि २०७१ असोजबाट स्वचालित मुल्य प्रणाली लागू गरिएको हो । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटमा सडक बनाउने नाममा पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ थप शुल्क लिने निर्णय गर्नुभएको थियो । लगत्तै निगमले मूल्य समायोजन गरेर पेट्रोल,  डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसाका दरले मुल्य वढाएको थियो  । आईओसीले १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा