नेपाली काँग्रेस कैलालीको नगर अधिवेशन स्थगित

news
news
November 16, 1:06

धनगढी,३० कात्तिक । नेपाली काँग्रेस कैलालीको नगर अधिवेशन स्थगित भएको छ । धनगढी उपमहानगरपालिका अन्तर्गत आज तय भएको नगर अधिवेशन स्थगित भएको हो ।नगर सभापतिका लागि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वार बिच प्रतिस्पर्धा हुने भएपछि नगर अधिवेशन स्थगित भएको हो ।

यसअघि हिजो मात्रै पत्रकार सम्मेलनको आयोजना गरेर नगर सभापतिका लागि उपाध्यायले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । सोही अनुरूप आज निर्वाचन समेत तय भएको थियो । तर, स्वारले उम्मेदवारी दिएपछि दुवै पक्षलाई मिलाउने प्रयास सफल नभएपछि कार्यक्रम उदघाट नै नगरी स्थगित गरिएको छ ।

नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह 'मनु' ले मतदाता नामावली प्रीन्ट नभएको र बन्दका कारण सबै उम्मेदवार उपस्थिति हुन नसक्ने भएपछि नगर अधिवेशन स्थगित गरिएको बताए । उनले भोलि बिहान ८ बजेदेखि पुनस् नगर अधिवेशन शुरुहुने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा