भारतबाट चोरेर ल्याएको गहना र नगदसहित दुईजना पक्राउ

November 16, 5:23

कञ्चनपुर — भारतबाट चोरेर ल्याएको लाखौंका गहना तथा नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ८ पटैयाका ३८ वर्षीय लालबहादुर शाही र कैलालीको लम्की चुहा नगरपालिका ४ की ३८ वर्षीया विष्णुमाया शाही पक्राउ परेका हुन् ।

बेङलोरको एक घरमा काम गर्ने उनीहरूले सुन, चाँदी र हिराका गहनासंगै नगदसमेत चोरेर ल्याएको भारतीय प्रहरीको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती र सशस्त्र प्रहरीको बिओपीको टोलीले उनीहरूलाई सोमबार राति २ बजे पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार गहना र नगद कति छ भन्नेबारे प्राविधिक बेलाएर छानबिन भइरहेको छ । साथै सुनका तिलहरी, सिक्री, औंठी लगायत थुप्रै गहनाहरू रहेको बताइएको छ ।

यस्तै उनीहरूको साथमा भारतीय रुपैयाँसहित अमेरिकन डलर, मलेसियन रिंगेट पनि भेटिएको प्रहरीले बताएको छ । ७ किलोग्रामभन्दा बढी गहना र ४ लाखभन्दा बढी नगद हुन्सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा